धनकुटामा मनोनयन दर्ता गराउने कार्य सम्पन्न,क-कसले गरे मनोनयन दर्ता ?

धनकुटा,२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि धनकुटामा मनोनयन दर्ता गराउने कार्य सम्पन्न भएको छ ।

धनकुटामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ ।त्यस्तै एमालेबाट निवर्तमान सांसद राजेन्द्र कुमार राईले मनोनयन दर्ता गराउनु भएको छ भने स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आउनु भएका यूवा नेता हेमराज भण्डारीले पनि प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभा क तर्फ गठबन्धन बाट एकिकृत समाजबादीका जिल्ला अध्यक्ष यूवा नेता अर्जुन राई र प्रदेश सभा ख बाट नेकपा माओवादी नेतृ कुशुम श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै एमाले बाट प्रदेश सभा क का लागि जिल्ला सचिव निरन राई र ख तर्फ जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले मनोनयन दर्ता गराउनु भएको छ ।

त्यस्तै जनता समाज वादी पाटीको तर्फ बाट प्रदेश क मा रमक चेम्जोग र ख मा डम्बर कटुवालको उम्मेदवारी परेको छ । मनोनय दर्ता सम्बन्धी विस्तृत विवरण हामी अपडेट गर्दै जाने छौ ।

यो पनि…
कांगे्रस उपसभापति खड्काद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता
कर्णाली, २३ असोज (रासस) :नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उपसभापति खड्काले निर्वाचन अधिकृतको कार्यालय मेहेलकुनामा प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गर्नुभएको हो ।

खड्काको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहनुभएको छ । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले पार्टीको टिकट निर्वाचन आयोग, काठमाडौँबाट इमेल तथा र अन्य प्रमाणपत्रहरू प्रतिनिधिमार्फत प्राप्त भएको जानकारी दिनुभयो । खड्का सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुनुुहुन्छ ।

नेकपा (एमाले)बाट धु्रवकुमार शाही, राप्रपाबाट छत्रमणि थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद अस्तक अलीले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेत–१ को प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनको तर्फबाट कांगे्रसका खड्कबहादुर पोखरेल र एमालेका ठम्मर विष्ट तथा प्रदेशसभा (ख) गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी, एमालेका डण्डीप्रसाद शर्मासहित सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत खनालका अनुसार प्रदेशसभाको यो क्षेत्रमा एमालेका निवर्तमान प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट कांगे्रसका हृदयराम थानी, एमालेका अमृतकुमार बिसीले मनोनयन दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेशसभा (क) मा गठबन्धनबाट कांगे्रसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेल, (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट र एमालेका ताराकेशर गौतम, नेकपा (एकीकृत समाजवादी)का मोहन बडुवालको उम्मेदवारी दर्ता भएको छ ।

हिमाली जिल्लामा वारेसमार्फत मनोनयन दर्ता

कर्णालीका हिमाली जिल्लामा अधिकांश उम्मेदवारहरु प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गराएका छन् । प्रतिकूल मौसम र टिकट वितरणमा ढिलाइ हुँदा कर्णालीका पहाडी र हिमाली जिल्लाका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नपाएका हुन् । कर्णाली मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला प्रदेशसभा क्षेत्र (ख) का लागि वारेसनामामार्फत उम्मेदवार दर्ता गर्नुभएको उहाँका स्वकीयसचिव राज रोकायाले जानकारी दिनुभयो ।

हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश उम्मेदवारले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँमा रहेका ती जिल्लाका उम्मेदवारले पार्टीको टिकट भने निर्वाचन आयोगमा बुझाए । भारी वर्षात्का कारण यसपटक अघिल्ला निर्वाचनका निर्वाचनका बेलामा मनोनयन दर्ताको जस्तो रौनक देखिएन । उम्मेदवार र सीमित सङ्ख्यामा कार्यकर्ता छाता ओढेर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।