साँगुरीगढी स्थित आत्मा घर पर्यटकका लागि आकर्षक स्थल बन्दै

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्की डाँडा स्थितको आत्मा घर पछिल्लो समय पर्यटकका लागि आकर्षक स्थल बन्दै गएको छ ।

स्थानीय मगर समुदायले पुस्तौं पहिला दिवंगत भएका आफन्तजनको समाधि स्थललाई विषेश प्रकारले आत्मा घर बनाएपछि यो क्षेत्र पर्यटकको लागि आकर्षक स्थल बनेको हो  ।

फरक विशेषता रहेको यो आत्मा बस्ने घर सहित अरु पर्यटकीय क्षेत्रहरु भएको कारणले पनि यो क्षेत्र पर्यटकको रोजाईमा पर्ने गरेको स्थानियको भनाई छ ।

आत्मा बस्ने घरमा नाम्जे स्थित चिहानघारीमा रहेका १ सय १३ चिहान उत्खनन गरी एउटै ठाउमा कलात्मक घरबनाईएको छ । भेडेटार बजारबाट झण्डै ४ किलोमिटर दूरीमा रहेको यो घरबाट पूर्वका अधिकांश जिल्ला सहित हिम श्रृंखला हेर्न सकिन्छ ।

पछिल्लो समय आकर्षक गन्तव्य बनेको यो आत्माघर अवलोकनका लागि भारतीय नागरीक र नेपालकै पनि विभिन्न स्थानबाट दैनिक सयौको हाराहारीमा पर्यटक आउने गरेका स्थानियले बताएकाछन् ।

यो पनि…
नेपाल–इटाली सहकार्यका विषयमा छलफल
काठमाडौँ, २४ असोज (रासस) ःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।

इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दैै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाको संरक्षण, पुननिर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖