लुम्बिनीबाट ओलम्पिक टर्च र्याली

लुुम्बिनी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुुग्नेछ । खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहनुभएका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताउनुभयो ।

ओलम्पिक टर्च ¥यालीका संयोजक मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ पुु¥याएर ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती तथा लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा ओढाएर स्वागतसहित सफलताको शुभकामना दिनुभएको थियो । नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖