विराटनगरको फर्निचर उद्योगमा आ’गला’गी, ४५ लाखको क्षति
टङ्कीसिनवारी, २८ असोज । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आ’गला’गी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आ’गला’गी भएको थियो । आ’गला’गीबाट रु ४५ लाखको क्षति भएको छ ।
आ’गला’गीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आ’गला’गी भएको हो । वारुणयन्त्रको सहयोगमा आ’गो निभाइएको थियो । आ’गो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आ’गो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
उद्योगका सञ्चालक श्याम साहले आ’गला’गीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै ज’लेर न’ष्ट भएको बताउनुभयो । विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताउनुभयो । (रासस)


