नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाद्वारा प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन
धनकुटा । नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाले प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीका प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति सभापति राजन पौडेलको सभापतित्वमा आज पाख्रीवासमा सम्पन्न बैठकले निर्वाचन परिचालन समिति गठन गरेको हो ।
क्षेत्रिय कार्य समिति सभापति पौडेलकै संयोजकत्वमा सम्पूर्ण पदाधिकारी,सदस्य एवम् नगर सभापति सदस्य रहने गरि निर्वाचन परिचालन समिति गठन गरिएको क्षेत्रिय कार्य समितिका सचिव दिलराज घिसिङले जानकारी दिनुभयो ।
क्षेत्रीय कार्य समितिका पदाधिकारीको उपस्थितीमा बसेको बैठकमा आगामी मंशिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरुको जितका लागि तदारुख्ताका साथ जुट्ने बारेमा समेत छलफल भएको छ ।


