एमालेसँग एक्लै लड्ने सामार्थ्य कुनै दलसँग नभएको : इन्द्रमणि पराजुली

महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेता कार्यकर्ताहरुलाई पार्टीको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

बस्नेतले एमाले बिकास प्रेमि पार्टि भएकाले बस्ती बस्तीबाट जनताले साथ दिने बताउनुभयो । आसन्न संघ र प्रदेश निर्वाचनमा एमालेलाई जिताउनका लागि जनताका दैलोमा बिकास र विश्वासका ऐजेण्डाहरुलाई लिएर पुग्नु पर्ने उहाँको भनाई थियो ।

त्यस्तै जिल्ला कमिटि अध्यक्ष एवम् प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्रद्रमणी पराजुलीले ,“देश बनाउने पार्टी एमाले हो भन्ने कुरा आम जनताले बुझिसकेका छन” । एमालेसँग एक्लै लड्ने सामार्थ्य कुनै दलसँग नभएको दाबी गर्नुभयो । संसदीय मोर्चामा खुला प्रतिस्पर्धा गरेर पार्टीले श्रेष्ठता हासिल गर्ने बताउनुभयो ।

पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारको विरुद्ध र पार्टीको हित विपरीतका गतिविधि गर्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने अधिकार नगरका ईन्चार्ज , निर्वाचन परिचालन संयोजकलाई दिएको र कार्वाही गर्ने बताउनुभयो ।

समानुपातिक उम्मेदवार पार्टीका उपसचिव शिव आङ्ला लिम्बूले एमालेको पक्षमा चुनावी माहौल बनाउन सबै नेताकार्यकर्तालाई जुट्न आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सल्लाहकार सदस्य प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सचिवालय सदस्य युवा संघका जिल्ला अध्यक्ष लगायत नगर कमिटी पदाधिकारी सम्पूर्ण नेताकार्यकर्ताको सहभागी थियोे ।

नगरकमिटी अध्यक्ष किरण बाबू गिरिको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष युवराज पौडेलले राखेका थिए भने सञ्चालन सचिव भरत थापाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।