धनकुटामा दल तथा स्वतन्त्रहरुको चुनावी अभियान तिव्र
धनकुटा,३० असोज । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर धनकुटामा सत्ता गठबन्धन दल, नेकपा एमाले, स्वतन्त्र लगायतका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार अभियान तिव्र पारेको छन् ।
सत्ता गठबन्धन दल, एमाले र स्वतन्त्रमा आवद्ध नेता कार्यकर्ताहरु निर्वाचन केन्द्रित कार्यक्रम र गठबन्धनलाई बिजयी गराउने उद्योषका साथ गाउँ गाउँमा पुगेका छन् ।
५ बर्षको अवधिमा धनकुटाका नागरिकको आवाज संसदमा नपुगेको भन्दै संसदमा आवाज र सिंहदरबारसम्म धनकुटाका विकासका कार्यक्रम पुर्याउन सक्ने उम्मेदवारको खोजीमा नागरिकहरु रहेको पाएको नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य पूर्व मन्त्री तथा सत्ता गठबन्धनका प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार सुनिल वहादुर थापा बताउँनु भयो ।
साथै गठबन्धनबाट अहिले नागरिक समाज, बुद्धिजीवी, पत्रकार व्यावसायी, मजदुर किसानहरु संग धनकुटाको बिकास गर्न कस्ता कार्यक्रम ल्याउदा उपयूतm हुन्छ भन्ने विषयमा निरन्तर छलफल र बहस समेत भई रहेको नेपाली कांग्रेस धनकुटा सभापती दिनेश राईले बताउँनु भयो ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवार मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा क का प्रत्यक्ष तर्फका उम्मदेवार तथा नेकपा समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई, प्रदेश सभा ख की उम्मेदवार नेकपा माओवादीकी नेतृ कुशुम श्रेष्ठ, नेपाली कांग्रेसका प्रदेस सभाका समानुपातिक उम्मेदवार सुमना तिम्सिना, लगायत नेता कार्यकर्ताहरुले कार्यकर्ता तथा मददाता भेटघाट कार्यक्रमलाई तिव्र पार्नु भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
चुनावी गतिविधि गर्दा निर्वाचन आचार संहिताको पूर्ण पालना गरिएको समेत गठबन्धनका नेताहरुले जनाएका छन् ।
नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश सभा ‘क’ का उमेद्वार निरन राई, प्रदेश सभा ख का उम्मेदवार इन्द्रमणी पराजुली, समानुपातिक उम्मेदवारहरु तारा तितुङ्ग, शिव आङ्गला लगायतका नेताहरुले पनि विभिन्न पालिकाका नागरिकहरु संग भेटघाट कार्यक्रममा रहनु भएको छ ।
एमाले उम्मेदवारहरुले आफ्नो कार्यकालमा सुरु गरेका गरेका कतिपय आयोजनाको काम भइ रहेको हुदाँ त्यस्ता काम पुरा गर्नै र अघिल्लो कार्यकालमा थालेका आयोजना हरु सम्पन्न गर्नका लाग र समग्र धनकुटाको बिकास एमालेले मात्र गर्न सक्ने भएकोले मत मागी रहेका छन् ।
स्वतन्त्र उममेदवारह हेमराज भण्डारी, बालानन्द दाहाल लगायतका उम्मेदवारहरुले पनि आफ्ना योजना सहित मतदाताको घर दैलो पुगिरहेका छन् ।





