धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन हेमराज भण्डारीलाई

धनकुटा,३० असोज । धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई निशर्त समर्थन गर्ने भएको छ ।

सक्षम र योग्यलाई राजनीतिमा अघि बढाउनु पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी रहेकोले राजनीतिक दलको सिन्डिकेट तोड्ने अभियानमा स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले निशर्त समर्थन गरेको पाटीका प्रदेश कमिटी सदस्य एवम् धनकुटा सम्पर्क व्यक्ति रोजन बरालले जानकारी दिनु भयो ।

धनकुटामा माछा निर्वाचन चिन्ह लिएका भण्डारीलाई पार्टीको समर्थन रहेको बरालको भनाई छ ।

यो पनि…
शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने
भादगाउँ, ३० असोज (रासस) ः राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ ।

नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।

विगत ६१ वर्षदेखि नेपाल संवत् र नेपाल भाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हकअधिकारका निम्ति विराट नेपाल भाषा साहित्य सम्मेलनमार्फत जनतालाई सुसूचित गर्दै आएको छ । थुप्रै जनपक्षीय साहित्यकार जन्माइसकेको ऐतिहासिक संस्था विराट गुथीलाई संस्थाले ६१ वर्षसम्म निरन्तर नेपाल संवत् र जातीय मुक्तिका लागि गरेको सङ्घर्षको योगदानलाई कदर गर्दै उक्त सम्मान गर्न लागेको प्रतिष्ठानका सचिव बाबुकाजी साःछे श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी बिसौँ शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा अध्ययन अनुसन्धान गर्दै संस्थागत विकासमा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमा निर्माणदेखि शङ्खधर प्रतिष्ठान स्थापना गरी महत्वपूर्ण योगदान गर्नुभएको थिमि निवासी श्यामकृष्ण मानन्धरलाई यस वर्ष ‘शङ्खधर सम्मान’द्वारा सम्मान गरिने भएको छ । शङ्खधर प्रतिष्ठानको संस्थापक सचिव हुँदै प्रतिमा निर्माण, शङ्खधर चोक नामकरण, नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा व्यापक प्रचारप्रसारमा क्रियाशील रहँदै आउनुभएका प्रतिष्ठानका पूर्वअध्यक्ष मानन्धरलाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष सुरेश प्रधानले बताउनुभयो ।

यस वर्षदेखि नेपाल संवत्का बारेमा संस्कृति, गीत–सङ्गीत, साहित्यिक, पत्रकारिता र अनुसन्धान–अन्वेषनमा योगदान गरेबापत ‘शङ्खधर पदक’द्वारा नेपाल संवत्लाई व्यावहारिकरुपमा लागू गर्ने काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, गीत सङ्गीतबाट पवित्र कंशाकार, साहित्यिकतर्फबाट तिलकप्रकाश कायस्थ र सञ्चारकर्मी सुगतरत्न सिदुराकार गरी पाँच जनालाई सम्मान गर्ने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।