रानी–विराटनगर–इटहरी सडक खण्डमा ६ लेन सडकका जथाभाबी डिभाइडर बन्द गरिने

विराटनगर । प्रदेश नं १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो ।

सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निर्णय भएको मन्त्री केदार कार्कीले बताउनुभयो । यस्तै बैठकले सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेन रोड क्षेत्र भित्र सिसी क्यामेराको जडान गर्नेका साथै पार्किङ व्यवस्थापनका लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्य गर्ने निर्णय गरेको छ ।

बैठकले ६ लेनको सडक आयोजना अन्तरगतका कार्य गर्नका लागि आयोजनाका इन्जिनियर प्रियङ्का झाको संयोजकत्वमा तीन सदस्सीय कार्य सञ्चालन समिति गठन गरी काम गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो । जसमा ट्राफिक प्रहरी इनिक्पेटर राजकुमार कार्की र विराटनगर महानगरपालिका वातावरण इन्जिनियर सुदीक्षा कार्की सदस्यसचिव रहेका छन् । जसको अनुगमन आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले गर्ने छ ।

मन्त्री कार्कीको संयोजकत्वमा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सडक तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।