निर्वाचन नजिकिए संगै उम्मेदवारहरुको घरदैलो कार्यक्रम तिब्र

धनकुटा । आगामी मंशिर ४ का लागि तोकिएका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा उम्मेद्धारहरुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

यसैक्रममा आज गठबन्धन दलमा सम्वद्ध उम्मेद्धारहरुले धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ र ७ को विभिन्न स्थानमा पुगी जनता सँग भेटघाट गरेका छन् ।

गठबन्धन दलबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेद्धार नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा, समानुपातिक तर्फका उम्मेदवार मनोहर नारायण श्रेष्ठ, नेकपा एस प्रतिनिधि सभा सदस्यका समानुपातिक तर्फका उम्मेद्धार वंगलादेवी राई, प्रदेश सभा ख की उम्मेदवार नेकपा माओवादीकी नेतृ कुशुम श्रेष्ठ, नेपाली कांग्रेसका प्रदेस सभाका समानुपातिक उम्मेदवार सुमना तिम्सिना लगायतका नेताहरुले पाख्रीवासको तिल्के, फलाटे,थाक्ले र कसेनीका जनताको घरदैलोमा पुगी जिल्लाको विकास र समृद्धीका लागि गठबन्धन दलमा सम्वद्ध उम्मेद्धारलाई मत दिएर विजयी गराउन अनुरोध गरेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।