धनकुटामा पत्रकार र राजनैतिक दल संग निर्वाचन आचार संहिताबारे छलफल

धनकुटा, १ कार्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राजनैतिक दल, उम्मेदवार, दलका भातृ संगठन र पत्रकारहरुले पालना गर्ने पर्ने आचार संहिताकोबारे धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यलयले धनकुटाका निर्वाचनमा भाग लिएका राजनैतिकदल र कृयाशिल पत्रकारहरुलाई जानकारी गराएको छ ।

निर्वाचन आचार संहिता लागु भए देखि अन्तिम मत परिणाम नआउदा सम्म राजनैतिक दल, उम्मेदवार, दलका भातृ संगठन र पत्रकारहरुले पालना गर्ने पर्ने आचार संहिता र संहिता पालना नगरे गरिने कारबाहीका बारेका कार्यलयले जानकारी गराएको हो ।

यो पनि…
धान खेतमा बजार विस्तार
ढोरपाटन, १ कात्तिक (रासस) ः“अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेतभरी घर बने”, निसीखोला गाउँपालिका–४ झिवाखोलाका का ७० बर्षिय भीमलाल रेग्मीले १२ वर्ष अगाडिको स्मरण गर्नुभयो ।

झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए । झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन् । निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए । माथिल्लो भाग सबै धान खेत थियो । तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन् ।

रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताउनुभयो । “यो ठाउँमा यति धेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाग्छ”, उहाँ भन्नुहुन्छ, “पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो ।

”उहाँले लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइसक्नु नभएको बताउनुहुन्छ । रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुलेसमेत बजार पाउन थालेको बताउनुभयो । मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पु¥याएको उहाँको भनाइ छ ।

“अहिले यस्तो बजार बन्दो रहेछ । उतिबेला ५०÷६० हजारमा बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दोरहेछ”, रेग्मीले भन्नुभयो, “जे होस सडक आएपछि हामीलाई धेरै फाइदा पु¥याएको छ, गाउँमा फलफूल उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खानेसक्ने हुन्थ्यो, अहिले दुई÷चार पैसा भए पनि आम्दानी भयो ।”निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले तीव्र गतिमा भवन बनिरहेका छन् ।

पछिल्लो समय दैनिक किनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताउनु हुन्छ । पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या पनि बढेको पौडेल बताउनुहुन्छ ।

“अहिले झिवाखोला बजार क्षेत्रमा मान्छेको भीडभाड बढ्न थालेको छ, किनमल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जाने दैनिक यहाँ आउने गर्छन्, पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ”, पौडेलले भन्नुभयो, “पछिल्लो समय यहाँ वरपर घर घडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरेर आउने पनि बढेका छन्, सडक नआउँदा यहाँका मान्छे आफ्नो जग्गा जमिन बेचेर तराई झर्थे, अहिले बाहिरी मान्छे यहाँ आएर बस्न थालेका छन् ।”

पूर्वी रुकुम र रोल्पाको प्रवेशद्वारका रुपमा रहेको झिवाखोला व्यापारिक केन्द्रका रुपमासमेत विकास हुँदै गएको छ । विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको स्थानीय चेतराम भुषालले बताउनुभयो । उहाँले लोकमार्गले गर्दा सहर बजारको केही सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरु बढेको उहाँको भनाइ छ ।

“यो ठाउँ रोल्पा रुकुमको प्रवेशद्वार भएको हुँदा आवतजावत गर्ने मान्छेहरुको भीडभाड बढेपनि यहाँ अझै राम्रो स्वास्थ्य उपचारको सुविधा छैन”, उहाँले भन्नुभयो, “ठाउँ साँघुरो भए पनि बजार विस्तार भएको छ, विकासलाई रोकेर रोकिने रहेनछ ।”स्थानीय देवीकुमारी पौडेलले बजार ठूलो बन्दै गएपछि उपभोग्य सामान नजिकबाट किनमेल गर्न पाइएको बताउनु हुन्छ ।

उहाँले लोकमार्गका कारण झिवाखोला बजारको मुहारै फेरिएको बताउनुहुन्छ । “हामी सानो हुँदा यो ठाउँ सुनसान थियो, खोलाको किनार छेउमा स–साना घर थिए, अहिले ठूला बजारमा जस्तै घर भवन बने, ठूला–ठूला पसल पनि यही खुले”, पौडेलले भन्नुभयो, “पहिले यहाँ सामान पाइएन भने बुर्तिबाङ बजारमै पुग्नुपथ्र्यो, अब सुबिधा भएको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।