यही घर भएको मान्छेलाई कसरी टुरिस्ट भन्ने भनेर प्रश्न गर्नुभयो ? : पूर्व मन्त्री थापा

एमाले सत्तामा हुँदा संसद विघटन, प्रतिपक्षमा हुदाँ विरोध मात्र गर्छ, समृद्ध धनकुटा, सम्मानित नागरिक बनाउन गठबन्ध दलका उम्मेद्वारको जित आवश्यक

एमाले सत्तामा हुँदा संसद विघटन, प्रतिपक्षमा हुंदा विरोध मात्र गर्छ, समृद्ध धनकुटा, सम्मानित नागरिक बनाउन गठबन्धन दलका उम्मेद्वारको जित आवश्यक
धनकुटा । समृद्ध धनकुटा, सम्मानित नागरिक बनाउनका लागि गठबन्ध दलमा सम्वद्व उम्मेद्वारहरुले अबको निर्वाचनमा जित्नु पर्ने बताएका छन् ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ को विभिन्न टोलमा घरदैलो कार्यक्रम जुटेका गठबन्धन दलमा सम्वद्ध उम्मेद्धारहरुले त्यस्तो बताएका हुन् ।

आफुहरुले गर्न सक्ने कुरामात्र जनताको बीचमा बोल्ने र प्रतिवद्धता जनाउने उल्लखे गर्दै उनिहरुले समृद्ध धनकुटा, सम्मानित नागरिक बनाउन गठबन्ध दलमा सम्वद्व उम्मेद्वारहरुलाई अबको चुनावमा अमूल्य मत दिएर जिताउन जनता तथा कार्यकर्ता समक्ष आग्रह गरे ।

गठवन्धन दलबाट प्रतिनीधिसभाका प्रत्यक्ष उम्मेद्धार नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवम् पूर्व मन्त्री सुनिल वहादुर थापाले यसअघि आफु यो जिल्लाको संसद नहुदा पनि आफ्नो पहलमा जापान सरकार सँग मागेर जिल्ला अस्पताल धनकुटामा अक्सिजन प्लाण्ट जडान गरेको,कोरोना महामारीको बेला विभिन्न अवरोधको वीच यहाँका जनताको स्वास्थ्यवस्थालाई ध्यान दिदै कोरोना संक्रमण विरुद्धको स्वास्थ्य सामाग्री ल्याएर वितरण गर्ने, छिन्ताङ हत्या काण्डका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्ने जस्ता धेरै कामहरु गरेको उल्लेख गर्नुभयो ।

फरक प्रसंगमा उहाँले आफुलाई केही व्यक्तीले टुरिष्ट भन्ने गरेको भन्दै यही घर भएको मान्छेलाई कसरी टुरिस्ट भन्ने भनेर प्रश्न गर्नुभयो । परिबर्तनलाई आत्मा सात गर्दै जानू पर्छ भन्ने आफ्नो पिता सूर्य वहादुर थापाको आदर्शलाई आत्मासत गर्दै राजनीति गरिरहेको भन्दै उहाँले आफु मन्त्री भएको बेला पनि जनता समक्ष गरिएका प्रतिवद्धताहरु पूरा गरेको बताउनु भयो ।

उहाँले पाख्रीवास मुगा सुनवालुवा सडक खण्ड यही तिहार लगत्तै बनाउन शूरु गरिने पनि बताउनुभयो । त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फका उम्मेद्धार मनोहर नारायण श्रेष्ठले कांग्रेसको सुन्दर नीतिले नै देशको विकास भएको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले सत्तामा हुँदा संसद विघटन गर्ने र प्रतिपक्षमा हुदाँ विरोध मात्र गरेर समय खेर फाल्ने हुँदा उसले कुनैपनि वेला विकासका काम गर्न नसक्ने बताउनुभयो ।

त्यस्तै प्रदेसभा ख प्रत्यक्ष उम्मेद्धार नेकपा माओवादी केन्द्रकी नेत कुसुम कुमारी श्रेष्ठले यसअघि आफु समानुपातिक संसद हुँदा पनि विकासका धेरै काम गरेको उल्लेख गर्दै जनताको साथ पाए अझ धेरै गर्ने बताउनु भयो । उहाँले जनतालाई तपाईहरु एक महिना हामीलाई दिनुहोस्, हामी ५ वर्ष तपाईहरुलाई दिन्छौ भन्दै पाख्रीवासमा वहुउद्दश्यीय कभर्ड हल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यहाँ सामुदायिक भवनका लागि ५० लाख रेडबुकमा लगाईसकेको पनि जानकारी गराउनुभयो । प्रतिनीधिसभा समानुपातिक तर्फका उम्मेद्धार नेकपा एकिकृत समाजवादीकी नेतृ बंगला राईले जनताको अस्तित्व बचाउन गठबन्धन दलमा सम्बद्ध उम्मेद्धारलाई भोेट दिएर जिताउन आग्रह गर्नुभयो ।

उम्मेद्धारहरु समक्ष त्यहाँका जनताले खोनपानीको व्यवस्थापन,कुटानी पिसानीका लागि मिल,सडक निर्माण,स्वास्थ्यचौकी निर्माण लगायतका माग राखेका थिए । कार्यक्रमको अवसरमा आफ्नो माग एमालेले पूरा नगरेको भन्दै श्याम गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।