ढुम्रेसान्नेमा बेमौसमी स्कुस खेतीको शुरुवात

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका वडा नम्बर १० स्थित ढु्म्रेसान्नेमा बेमौसमी स्कुस हजारे जातको खेती प्रबिधि सम्बन्धी तालिम तथा बीउ हस्तन्तरण कार्यक्रमलाई एक समारोहका बीच त्यहाँका निर्वाचित वडा अध्यनगेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा निर्वाचित वडा सदस्यहरु चन्द्रमाया नेपाली, बिमला राई, सुरेश कुमार श्रेष्ठ र राजेन्द्र राई तथा वडाका कर्मचारीहरुको पनि उपस्थिति थियो । कार्यक्रम वडा कार्यालय १० को आयोजनामा तालिमको प्रशिक्षण तथा सहजीकरण तेखिमे कृषि परामर्श सेवा फर्मका संचालक एवं कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईले गरेका थिए ।

धनकुटा नगरपालिकाको ढुम्रेसान्ने समुद्र सतह देखि १० देखि १४ सय मिटर सम्मको उचाईमा रहेकोले यो क्षेत्र बेमौसमी स्कुस हजारेको लागि ज्यादै उपयोगी र प्रभावकारी रहेको प्रशिक्षक राई बताउनु भयो । वडा कार्यालयले स्कुसबाट उत्पादनका लागि कार्यक्रम शुरुवात गरेकोले यसमा सबै दाजुभाई दिदीबहिनीहरु स्कुस उत्पादनमा संलग्न रहनका लागि अपिल समेत वडाअध्यक्ष पाण्डेले गर्नुभएको थियो ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वडाबासीहरुको ठुलो योगदान रहने र यस कार्यक्रमलाई आगामी दिनमा झनै सशक्त बनाउदै लैजाने वडा अध्यक्षले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।