फरार प्रतिवादी मगर पक्राउ
बिराटनगर, कार्तिक ३ । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले ला’गुऔ’षध मु’द्दाका १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
ला’गुऔ’षध मु’द्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २१ दिन कैद र २ हजार रुपैया जरीवाना भएका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका-६ मोरङका २३ बर्षीय बालकृष्ण मगरलाई गाउँघरमा नै लुकिछिपि बसेको अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।
यो पनि…
सडक मर्मत नहुँदा खच्चडकै सहारा
जाजरकोट, ३ कात्तिक (रासस)ःजाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् ।
जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्य देखिएको छ । सडक ठाउँ–ठाउँमा भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ । तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा कम नभएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ ।
भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालिमटी–बारेकोट, खलङ्गा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनिचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैँले बोकेर सामग्री लैजानुको विकल्प अर्को नभएको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको बताइएको छ ।
बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लैजानसमेत समस्या भएको बताएको छ । बारेकोट गाउँपालिकाको बीचमा रहेको नलगाड नदीमा पुल नहुँदा सबैभन्दा बढी बारेकोट गाउँपालिकामा खच्चडकै भरमा विभिन्न सामग्री लिनुपरेको नायकबाडाका प्रेम शाहीले बताउनुभयो । तिहार नजिकिँदै गर्दा गाडीमा गाउँ, गाउँमा पुग्ने सर्वसाधारणको सपना पूरा नहुने भएको छ ।


