चौबिसेका जनताले मागे स्वास्थ्य,सिंचाई र भवन
नारायण कुमार राई/धनकुटा,३ कार्तिक । चौबिले फलामेटार मानेडाँडा तथा भैसे क्षेत्रका नागरिकहरुले सिंचाई,खानेपानी,स्वास्थ्य सेवा तथा बिद्यालय भवनको माग गरेका छन् ।
चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा पुगेका नेकपा एमालेका उमेद्वारहरु संग वडा नं. ४ का स्थानियबासीहरुले आफ्ना मागहरु राखेका हुन् ।
प्रतिनिधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश ‘क’ का उमेद्वार सहितको टोलीले सागुरीगढी गाउँपालिकाको अभियान सकेर चौबिसे क्षेत्रमा घरदैलो अभियान गरिरहेका छन् ।
यसै क्रममा आज वडा नं. ४ फलामेटारमा भएको कार्यक्रममा स्थानियबासीहरुले फार्मेसी सेवा र भेटेरेनरी सेवा स्थापनाको माग गरेका छन् । त्यस्तै सुख्खा क्षेत्र भैंसेका नागरिकले सिंचाई र खानेपानीको माग गरेका छन् ।
सोहि वडाको मानेडाँडाबासीहरुले सो स्थानमा रहेको जनसेवा प्रा.बि.का लागि बिद्यालय भवनको माग गरेका छन् । घरदैलो अभियानमा माननियद्वय सहित नेकपा एमले केन्द्रिय सदस्य बिनादेवी राई,प्रदेश सदस्य यज्ञकुमारी रुचाल,जिल्ला उपसचिव तथा प्रदेश ‘ख’का समानुपातिक उमेद्वार शिव आङ्ला(लिम्बू),आङ्ला ,जिल्ला पाटी कार्यालय सचिव नैन बिश्वकर्मा लगायत चौबिसे क्षेत्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आज वडा नं.३ को गढीगाउँ,कुरुले लगाएत बिभिन्न स्थानहरुमा समेत कार्यक्रम भएको सञ्चारकर्मी बिश्वजीत देउजाले जानकारी दिनुभयो ।




