उदयपुरमा ट्रयाक्टर दुर्घटना, चालक राईको मृ’त्यु

उदयपुर, ४ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् ।

दुर्घटनामा परी ग’म्भिर घा’ईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृ’त्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई
रामपुर, ४ कात्तिक (रासस) :काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् ।

गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । आधारभूत तह र प्राथमिक तहमा सञ्चालित विद्यालयमा रु २५ हजारका दरले अक्षयकोष स्थापना गरिएको पाल्पाली युएई समाजका अध्यक्ष ओमकुमारी खाणले बताउनुभयो ।

विदेशमा रहेर पनि नेपाल र नेपालीको मानव तथा भौतिक एवं सामाजिक विकासमा सहयोग गर्दै आएको समाजको वार्षिक कार्यक्रमअन्तर्गत नै अभियानको रुपमा रहेको पाल्पाली समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । नेपाली समाजका महासचिव एवं पाल्पाली समाजका पूर्वअध्यक्ष बेदप्रसाद अर्यालले आफू युएईमा रहँदा सुरु गरेको अभियानले अहिलेसम्म निरन्तरता पाएको बताउनुभयो ।

“रोजगारका निम्ति अर्काको देशमा जानुपर्दा नेपालीले अनेकौँ दुःखकष्ट भोग्नुपरेको छ, हामीले पाएको दुःख अबका हाम्रा सन्ततिले भोग्न नपरोस्”, उहाँले भन्नुभयो, “कोही पनि बालबालिका सामान्य शैक्षिक सामग्री, पोसाक अभावमा विद्यालय जानबाट वञ्चित हुनु नपरोस् भन्नका लागि यो अभियान सुरु गरेका हौँ ।”

सन् २०१४ मा तदर्थ समिति गठनपछि स्थापना भएको समाजले पाल्पाका ‘एक गाविस एक विद्यालय अक्षयकोष’ अभियानअन्तर्गत तत्कालीन ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना कार्यक्रम सुरुआत गरिएको थियो । झण्डै छ वर्षअघि पहिलोपटक तत्कालीन सिलुवा गाविसको तामाखानीमा रहेको अकला प्राथमिक विद्यालयबाट अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत यस आर्थिक वर्षमा रामपुर नगरपालिका–३ बोटेगाउँस्थित नवदुर्गा प्राथमिक विद्यालय ६१ औँ र रामपुर–१० स्थित कुम्भ प्राथमिक विद्यालयमा ६२ औँ विद्यालयका रुपमा अक्षयकोष स्थापना भएको पाल्पाली समाज युएईका पाल्पा कार्यक्रम संयोजक सीता डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म समाजले रु १६ लाख ५० हजार रकम बराबरको अक्षयकोष स्थापना गर्ने कार्यक्रमअनुसार नै विभिन्न विद्यालयमा अक्षयकोष स्थापना अभियान अगाडि बढाइएको छ ।

रामपुरका नगर प्रमुख रमणबहादुर थापाले कमाउन गएका पाल्पालीले शिक्षा र बालबालिकालाई सम्झेर सहयोग गर्नु उदाहरणीय रहेको बताउनुभयो । नवदुर्गा प्राथमिक विद्यालयका प्रध्यानाध्यापक विष्णुप्रसाद पाठकले सीमान्तकृत समुदायका बालबालिका अध्ययनरत विद्यालयमा नेपाल बाहिर रहेका पाल्पालीको ध्यानाकर्षण भई अक्षयकोष स्थापना गर्नुभएकामा धन्यवाद दिँदै अक्षयकोषलाई मर्मअनुसार सञ्चालन गर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।