सकियो साँगुरीगढी र चौबिसेमा एमालेको अभियान
नारायण कुमार राई/धनकुटा,५ कार्तिक । नेकपा एमाले धनकुटाले प्रदेश ‘क’ अन्तर्गत साँगुरीगढी गाउँपालिकाका र चौबिसे गाउँपालिकाको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
असोज २८ गते देखि साँगुरीगढीबाट प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश ‘क’ का उमेद्वार निरन राई सहितको टोलीले नागरिकहरु संग घरदैलो अभियान शुरु गर्नुभएको थियो ।
साँगुरीगढीमा ५ दिन र चौबिसेमा ४ दिन पछि आजबाट २ पालिकाको अभियान पुरा भएको सञ्चारकर्मी बिश्वजीत देउजाले जानकारी दिनुभयो ।
आज अभियान टोलीले गाउँपालिकाको वडा नं.६,७ र ८ का बिभिन्न स्थानमा कोण–सभा र नागरिकहरु संग भेटघाट कार्यक्रम गरेको छ ।
वडा नं.६ को राजारानी र वडा नं.८ को बसन्तटारमा भएको कोण–सभामा स्थानियबासीहरुले उमेद्वारहरुलाई पर्यटन,खेलकुद बिकास र बिद्यालय सुधार कार्यक्रमहरुको माग गरेको सञ्चारकर्मी देउजाले जानकारी दिनुभयो ।
घरदैलो अभियानमा माननियद्वय सहित नेकपा एमले केन्द्रिय सदस्य बिनादेवी राई,प्रदेश उपाध्यक्ष तथा संबिधान सभा सदस्य टिकाराम चेम्जोङ्ग,प्रदेश सदस्य यज्ञकुमारी रुचाल, खजिन्द्र राई निर्वाचन परिचालन कमिटी चौबिसेका संयोजक खजिन्द्र राईको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला उपसचिव तथा प्रदेश ‘ख’का समानुपातिक उमेद्वार शिव आङ्ला(लिम्बू),आङ्ला ,जिल्ला पाटी कार्यालय सचिव नैन बिश्वकर्मा लगाएत चौबिसे क्षेत्रका नेता तथा कार्यकर्ताहरुको अभियानमा सहभागिता रहेको थियो ।
भोली ६ गते आईतबार देखि सहिदभूमी गाउँपालिकामा अभियान सञ्चालन गरिने नेकपा एमाले धनकुटा प्रचार बिभागले जानकारी दिएको छ ।


