लोकतान्त्रिक बाम गठबन्धनद्वारा धनकुटा नगरको वडा न.३,४ र ८ मा अभियान

धनकुटा । लोकतान्त्रिक बामगठबन्धन(सत्ता गठबन्धन)ले धनकुटा जिल्लाको प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार सुनिल वहादुर थापा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर “क” का प्रत्यक्ष तर्फका उम्मेदवार अर्जुन राईलाई जिताउन आज धनकुटा नगरपालिकाको वडा नं. ३,४ र ८ मा अभियान संचालन गरेको छ ।

अभियान अन्तरगत लोकतान्त्रिक बामगठबन्धन(सत्ता गठबन्धनले वडा स्तरीय निर्वाचन परिचालन समितिको कार्यालय स्थापना,भेटघाट तथा छलफल गरेको हो ।

लोकतान्त्रिक बामगठबन्धनका धनकुटा जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (१) का प्रत्यक्ष तर्फका उम्मेदवार अर्जुन राई,सत्ता गठबन्धन निर्वाचन क्षेत्र नम्वर ( १ ) का कार्यक्रम निर्माण तथा व्यवस्थापन समितिका संयोजक तथा धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राई,नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेस सभाका समानुपातिक उम्मेदवार विष्णुमाया कन्दङ्गवाले वडा स्तरीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै गठबन्धनलाई जिताउन रुख चिन्ह र कलम चन्हमा मतदान गर्न अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सिदार्थ थापा, टिका भण्डारी, असित नारायण सिंह थापा,नेकपा एकिकृत समाजवादीका धनकुटा जिल्ला सचिवालय सदस्य मनोजन राई,नगर अध्यक्ष सुजन भाई जोशी,नेपाली कांग्रेसका कोषाध्यक्ष सरस्वती मगर,जिल्ला सदस्य मिन वहादुर कार्की,यूवा परिचालन समितिका धनकुटा जिल्ला संयोजक अमित लो तामाग ,वडा नं. ३ का सभापति पदम भण्डारी, वडा नंं ४ का सभापति गोविन्द निरौला,सचिव थिर वहादुर थापा,वडा नं.८ का सभापति सूर्य वहादुर राई,सचिव मानुभक्त राई,नगर सदस्य करुण गुरागाई,सत्यस्वरी राई,आशरानी राई ,लगायतले यस पटक परिवर्तनको पक्षमा मतदान गरी सत्ता लोकतानित्रक बामगठबन्धनलाई जिताउन आग्रह गरे ।

धनकुटा जिल्लाको सवै वडाहरु र पालिकाहरुमा अहिले , लोकतान्त्रिक बामगठबन्धन(सत्ता गठबन्धन)ले धनकुटा जिल्लाको प्रतिनिध सभाका प्रत्यक्ष तर्फका उम्मेदवार सुनिल वहादुर थापा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर क का प्रत्यक्ष उम्मेदवार अर्जुन राईलाई जिताउन आन्तरिक भेटघाट तथा छलफल र अभियान भैरहेको गठबन्धनका धनकुटा जिल्ला निर्वाचन परिचालन समितिका सदस्य सचिव तथा कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।