कांग्रेस धनकुटा:१५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन

धनकुटा ।नेपाली कांग्रेस धनकुटाले जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला सभापति दिनेश राई संयोजक र सचिव विजय सन्तोषी राई सदस्य सचिव रहने गरि मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । उसले सोमबार १५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति बनाएको हो ।

समितिमा मनोहर नारायण श्रेष्ठ,लिला सुब्बा,अञ्जना ताम्ली,हरी कुमार राई,अग्नी प्रसाद पौडेल,अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई, निर्मल प्रसाद ओझा,सुनिल कुमार डंगोल,जयन्द्र घिसिङ्ग,रोशन श्रेष्ठ,गिरजा प्रसाद दाहाल,सरस्वती मगर,खगेन्द्र प्रसाद घिमिरे, उदय लिम्बु,कमोठ कुमार फागो,टिका भण्डारी,दुर्गा सुवेदी,मिन वहादुर कार्की,श्रीराम रायमाझी,मदन घिमिरे लगायत रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस धनकुटाले उपसभापति निर्मल ओझाको संयोजकत्वमा निर्वाचन अनुगम समिति,उपसभापति सुनिल डंगोलको संयोजकत्वमा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम,सचिव विजय सन्तोषी राईको संयोजकत्वमा कार्यक्रम निर्माण र प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को कार्यक्रम व्यवस्थापन रुट निर्माण समिति र घोषणा पत्र निर्माण समिति र सचिव विजय सन्तोषी राई संयोजक र सदस्य सचिव मदन घिमिरे रहनेगरि निर्वाचन सचिवालय समिति समेत बनाएको छ ।

अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गको संयोजकत्वमा कार्यक्रम निर्माण तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं २ को कार्यक्रम व्यवस्थापन तथा रुढ निर्माण समिति गठन गरेको छ । कोषाध्यक्ष सरस्वती मगरको संयोजकत्वमा आर्थिक समिति र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको संयोजकत्वमा महिला परिचालन समिति र यूवा नेता अमित लो तामागको संयोजकत्वमा यूवा परिचालन समिति गठनगगरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

जिल्लामा लोकतान्त्रिक बाम गठबन्धन९सत्ता गठबन्धन० का प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवार सुनिल वहादुर थापा,प्रदेश सभा क्षेत्र नंं १ का प्रत्यक्ष उम्मेदवार अर्जुन राई र प्रदेश सभा क्षेत्र नं। २ का प्रत्यक्ष उम्मेदवार कुसुम कुमारी श्रेष्ठलाई विजयी गराउन जिल्लाभरीनै भेटघाट,प्रशिक्षण लगायतका अभियान संचालन भईरहेको निर्वाचन परिचालन समितिका सदस्य सचिव राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।