आसफाेर्ड चुम्लुङले भव्य रूपमा मनायाे बलिहाङ तङ्नाम

आसफाेर्ड । किरात याक्थुङ चुम्लुङ यूके, आसफाेर्डले यस वर्षको बलिहाङ तङ्नाम भव्य रूपमा मनाएकाे छ । याक्थुङ लिम्बु समुदायले मनाउँदै आइरहेको पर्वहरूमध्येकाे एक बलिहाङ तङ्नामकाे अवसरमा चुम्लुङकाे आसफाेर्ड शाखाले साँस्कृतिक कार्यक्रम गर्दै तङ्नाम मनाएको छ ।

शनिबार सेन्ट साइमन चर्चकाे भवनमा भएको ‘बलिहाङ तङ्नाम साँस्कृतिक कार्यक्रम २०२२‘ मा आसफाेर्डभित्र र बाहिर गरेर पाँच सय बढी सहभागीहरूकाे उपस्थितिमा ‘बलिहाङ तङ्नाम – लारिङ्गेक नाम्लिङ्गेक एवम् साँस्कृतिक कार्यक्रम २०२२‘ सम्पन्न भएको थियोे । कियाचु यूकेका केन्द्रीय उपाध्यक्ष गणेश इजमकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमकाे अध्यक्षता शाखा अध्यक्ष साेदीप थाेप्राले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष इजमले माैलिक सँस्कृतिलाई नयाँ पुस्तासम्म लानुपर्ने र यसका लागि चुम्लुङले संस्थागत रूपमा अघि बढ्न सबैलाई समेट्नुपर्ने बताए ।

कार्यक्रममा चुम्लुङ पूर्व एवम् वर्तमान नेतृत्वहरू, आसफाेर्ड चुम्लुङका संस्थापकहरू, पूर्व नेतृत्वहरू, वर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारहरू, थामेन्दिङ्मा महिला समिति, याक्थुङ कुस्सा चुम्लुङ, बुुद्धिजीवि, समाजसेवी एवम् लब्ध प्रतिष्ठित व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रममा विशेष अतिथि सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्डका कावा अध्यक्ष एवम् कियाचु यूके पूर्व अध्यक्ष डम्मर सिङ्गक रहेका थिए । त्यस्तै, किरात राई यायाेक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, गाेरखा पिस फाउन्डेसन, किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्याे महासभा, लिम्बुवान नागरिक समाज लगायत संघसंस्थाहरूकाे प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।

साँस्कृतिक साँझलाई मनाेरञ्नात्मक बनाउन चर्चित गायक नेपाली तारा दिपक लिम्बुले आफ्ना लाेकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । गायक लिम्बु दुई महिनायता साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा छन् । त्यसअघि, आसफाेर्ड केलाङ समूहले केलाङ(च्याब्रुङ नाच) प्रस्तुत गरेका थिए । साे क्रममा लारिङ्गेक नाम्लिङ्गेक(देउसी) कार्यक्रम पनि आयोजना गरिएको थियोे । जसमा राजेन्द्र नेम्वाङ ‘बीले मुन्धुम वाचन गरे । उनले याक्थुङ गीत हाक्पारे, पा:लाम समेत प्रस्तुत गरे । त्यस्तै, माक्सती ओख्रावुले याक्थुङ भाषामा साम्लाे(गीत) गाइन् । त्यस्तै, माेहन साँवा, शिखर सम्बाहाङ्फेहरूले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा दिवाना पालुङ्वा, यमुना नेम्वाङ, केलाङ समूह, माक्सती ओख्रावु/राजेन्द्र नेम्वाङहरूले नृत्य प्रस्तुत गरे । शाखा सचिव अमित थेवेले सञ्चालन गरेको पहिलाे सत्रमा उपाध्यक्ष काजी साम्यूले सुरक्षासम्बन्धी जानकारी दिएका थिए । साँस्कृतिक सत्र भने भाषा तथा साहित्य विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले सञ्चालन गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।