कांग्रेस नेतृ भण्डारीलाई मातृ शोक
धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिकादेवी भण्डारीकी कृष्ण कुमारी भण्डारीको निधन भएको छ ।
उहाँको हृदय घातको कारण धनकुटा ७ मा शनिबार निधन भएको हो । कृष्ण कुमारीको निधन प्रति नेपाली कांग्रेस धनकुटाले दु:ख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा उहाँको निधनले पार्टीले एक सच्चा अभिभावक गुमाएको उल्लेख छ साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ भने परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
स्व कृष्ण कुमारीको श्रीमान रेवत भण्डारी, छोरी टिका भण्डारी,नेपाल शिक्षक संघ सहिदभूमी गाउपालिका कार्य समिति पूर्व अध्यक्ष पदम भण्डारी र रमेश भण्डारी छोरा रहेका छन् ।
उहाँको शनिवार नै धनकुटाको मुलघाट स्थित तमोर नदीमा अन्त्यष्ठि गरिएको छ ।


