महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको जनवर्गीय संगठनहरुको निर्वाचन परिचालन तथा प्रचार -प्रसार समिति गठन
धनकुटा ।धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमाले महालक्ष्मी नगर कमिटी र निर्वाचन परिचालन समितिले जनवर्गीय संगठनहरुको निर्वाचन परिचालन तथा प्रचार -प्रसार समिति गठन गरेको छ ।
महालक्ष्मी नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच आसन्न मंसिर ४ को संघ र प्रदेश सभा निर्वाचनमा एमाले पार्टीलाई बहुमतले विजयी गराउन नगर भित्रका विभिन्न जनवर्गीय संगठनलाई शसक्तरुपमा परिचालन गर्ने उद्वेश्यले प्रचारप्रसार समिति गठन गरेर जिम्मेवारी दिएको छ ।
राष्ट्रिय युबा सघं नेपाल नगर कमिटी कुसुम तुम्बा संयोजकत्वमा ५०१ सदस्य निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । सह संयोजकमा राजेन्द्र थापा लगायत रहेका छन् ।
यस्तै अखिल नेमाल महिला सघको ३०१ सदस्य मेनुका निरौला पौडेल संयोजक र सह संयोजक निर्मला काफ्ले रहने गरि गठन गरिएको छ ।जेष्ठ नागरिक १५१ सदस्य संयोजकमा रुद्र बहादुर तुम्बा सहसंयोजक चित्र मणि कार्की रहेको छ ।
यस्तै बुद्दिजिबी तर्फ १५१ सदस्य संयोजक गोपाल भण्डारी, सह संयोजक रामचन्द्र पौडेल रहेको छ । जनजाति तर्फ २५१ सदस्य संयोजक धन ब पुवर सह संयोजक लोक बहादुर श्रेष्ठ रहनुभएको छ ।
दलित मुक्तिसमाज तर्फ १५१ सदस्य संयोजकमा दिलिप गहतराज, सह संयोजक ज्ञानेन्द्र दर्नाल , किसान संघ तर्फ १५१ सदस्य संयोजक कोमल सुबेदी, सहसंयोजक निरजङ लिम्बूखिम, यस्तै अनेरास्ववियु तर्फ १५१ सदस्यीय संयोजक नवीन पौडेल, सह संयोजकहरु नेशल श्रेष्ठ र विशाल कार्की रहेका छन् ।
सोहि अवसरमा नवगठित प्रचारप्रसार समितिलाई आ-आफ्नो साविक किमिटीहरु सँग समन्वय गरि कार्यन्वयन गर्नु गराउनुहुन एमाले नगर कमिटी निर्वाचन परिचालन कमिटीका संयोज नेपालीले अनुरोध गर्नु भएको छ ।




