ग्रेटर लन्डन चुम्लुङले मनायाे बलिहाङ तङ्नाम

लन्डन । लन्डनमा बसोबास गर्ने याक्थुङ लिम्बु समुदायले बलिहाङ तङनाम भव्य रुपमा मनाएको छ । शनिवार किरात याक्थुङ चुम्लुङ, ग्रेटर लन्डनको आयाेजनामा सटवरीमा याक्थुङ लिम्बु समुदायले विविध कार्यक्रम गर्दै यस वर्षको बलिहाङ तङ्नाम मनाएका छन् ।

सडबरी हिलकाे लन्डन पाेष्ट अफिसमा खचाखच भरिएको कार्यक्रम कियाचु यूकेकी केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वाकाे प्रमुख आतिथ्यमा भएको थियोे । उनले साँस्कृतिक चाडपर्वले एकताको सन्देश दिएसँगै सँस्कृति जगेर्नाका लागि उर्जा दिने बताइन् ।

उक्त अवसरमा गत सिसेक्पा तङ्नाममा आयोजना भएको या?लाङ(धान नाच) प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने ग्रेटर लन्डनका कलाकारहरू र केलाङ(च्याब्रुङ नाच) मा सहभागी हुने कलाकारहरूलाई सम्मान गरिएकाे थियोे । त्यस्तै, उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएकाे कार्यक्रमका सभापति एवम् शाखा अध्यक्ष देव आङबुहाङले बताए । सचिव विमला लिम्बुले सञ्चालन गरेकी कार्यक्रममा चर्चित गायक ब्रबिम शेर्माले साङ्गीतिक प्रस्तुति दिएका थिए । उनले आधा दर्जन जति याक्थुङ भाषाका गीतहरू गाए । कार्यक्रममा हाक्पारे, पा:लाम लगायत याक्थुङ लिम्बु समुदायका साँस्कृतिक गायन र नृत्यहरू पनि देखाइएकाे थियोे ।

लारिङ्गेक नाम्लिङ्गेकसँगै केलाङ(च्याब्रुङ नृत्य) ले कार्यक्रमकाे राैनक बढाएको थियोे । कार्यक्रममा शाखाका मानार्थ सदस्यहरू एवम् कियाचु यूकेकी सल्लाहकार नरकुमारी वनेम र कियाचु यूकेकी पूर्व उपाध्यक्ष कमला सेन्दाङ, कियाचु यूके सहकाेषाध्यक्ष नर सवेन्हिम, मगर संघ लन्डनका अध्यक्ष गञ्जा आले, तमु समाजका अध्यक्ष शिवकुमार गुरूङ र किरात राई यायोक्खा लन्डनका सचिव किरण राई लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियो ।

साँस्कृतिक कार्यक्रम प्रेम सुहाङ र टेक सुहाङले सञ्चालन गरेका थिए भने राफल ड्र खेलाउने कार्य कल्पना आङबुहाङ र नरेन्द्र आङबुहाङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष पदम याेङहाङले दिए भने सुरक्षासम्बन्धी आवश्यक जानकारी काेषाध्यक्ष राजेन्द्र नाल्वाेले राखे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।