धनकुटाबाट पनि कर्मथलो फर्कनेको भिड, टेम्पो भाडा सुन्दा तर्सिन्छन् यात्रु

धनकुटा, १३ कार्तिक । नेपालीको  महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार सकिए संगै धनकुटाबाट पनि आफ्नो कर्मथलो फर्कन थालेका छन् । दशैं तिहार मनाउँन रोजगारी, अध्यायन लगायतका काममा जिल्ला बाहरि बस्ने र र जिल्ला सदरमुकाम बाहिर बस्नेहरु कर्म थालो फर्कन थालेका हुन् ।

कर्मथालो फर्कनेहरुले हरेक चाडपर्वमा जस्तै  यसपटक पनि सार्वजनिक यातायातको  आवागमन सहज नभएको  गुनासो  गरेका छन् । धनकुटामा घर भई झापामा व्यापारको शिलशिलामा रहेका अर्जुन लिम्बुले चाडपर्व सकिए अब नियमित काममा जानै पर्यो आवतजावतका लागि सवारी साधनमा लिइने मन लाग्दी भाडादर साथै यात्रुहरुले भनेको  समयमा गन्तव्यमा नपुग्ने , क्षमता भन्दा बढी यात्रुको चिएर यात्रा गर्नु पर्ने जस्ता कारणले भने आफु लगायत यात्रुलाई धेरै मार परेको उनको भनाई थियो ।

त्यस्तै पर्व मनाएर विराटनगर फर्कन लागेका सन्देश राईले भने सदरमुकाम मै संचालन भएका टेम्पोको भाडा सुन्दा आफू तर्सिएको बताए उनले भने सम्बन्धीत निकायको अनुगमन रहेनछ जसलाई जति भाडाँ लिन मन लाग्यो त्यति लिएको छ । यात्रु बढी राख्ने र मनलाग्दि भाडाँ असुलगर्ने लाई सम्बन्धीत निकायले कारबाहिको दायरामा ल्याउनु पर्ने र चापर्वको समयमा यातायतका साधन थप गर्नु पर्ने यात्रुहरु बताउँछन् ।

नेकपा (एकीकृत समाजवादी)को समाजवादमा आधारित घोषणापत्र
काठमाडौँ, १३ कात्तिक (रासस) : नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।

जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।