पाख्रीवासमा १ सय ५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन
धनकुटा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नगर स्तरीय भेलाले पाख्रीवासमा १ सय ५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ ।
पार्टीका सचिवालय सदस्य सोभित निरौलाको संयोजकत्वमा १ सय ५ सदस्यीय राष्ट्रिय युवा संघ नेपालको निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको हो ।
समितिको सह संयोजक पार्टीका नगर उपसचिव सरोज राई रहेको छ । जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं ‘ख’ का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका शिर्षनेताहरूको उपस्थिति थियो ।
भेलामा राष्ट्रिय युवा संघ नेपालको निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको घोषणा पार्टीका प्रदेश सदस्य बल्दिप राईले गरेका थिए।


