एमाले धनकुटाद्वारा छथरजोरपाटी गाउंपालिकामा घरदैलो तथा वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाले छथरजोरपाटी गाउपालिकामा चुनावी अभियान अन्तर्गत घरदैलो तथा गाउपालिका वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न गरेको छ ।

काजिमाने बजारमा छथरजोरपाटी गाँउपालिका संघ र प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक सेर बहादुर लिम्बूको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य जिल्ला इन्चार्ज संघीय प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न सभालाई सम्बोधन गर्दै जोरपाटी चुलाचुली काजिमाने सडक खण्ड आफुहरुको पहलमा तत्काल पक्की गर्ने घोषणा गर्नु भयो । त्यस्तै गरी उहाँले खानेपानी ,सिचाइ , शिक्षा स्वास्थ्य लगायतको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सभाका विशेष अतिथि केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज सकुन्तला बस्नेतले सभामा बोल्नु हुदै नेकपा एमाले पार्टीले गरेका लोक कल्याणकारी कामहरुको चर्चा गर्दै एमाले पार्टी जनप्रिय भएको बताउनु भयो । एमाले विगतको भन्दापनि झन शक्तिशाली भएको आफुले महसुस गरेको सहईन्चार्ज बस्नेतको भनाई थियो ।

त्यस्तै गरी पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं २ का प्रत्यक्ष प्रदेश सभा उम्मेदवार इन्द्रमणि पराजुलीले सभामा बोल्नु हुदै एमाले पार्टीले सुरुगरेको आफ्नो गाँउ आफै बनाउ भन्ने कार्यक्रमकै कारण जनताले घरघरमा सडक ,बती , सञ्चार लगायतका सेवा सुबिधा पुगेको बताउनु भयो । केपी ओली सरकारमा हुदा देशमा ठुलाठुला पूर्वधारका योेजनाहरु सुरु भएको बताउनु भयो । आफु निर्वाचित भएपछि पक्की सडक , खानेपानी, सिचाई र युवा स्वरोजगार ,रोजगारका योजनाहरु ल्याउने र निति नियम निमार्ण गरेर जनताले राखेका माग पार्टीले तयार पारेको घोषणा पत्र अनुसार ईमान्दार पूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै गरी समानुपातिक उम्मेदवार शिव आङ्गला लिम्बूले सभामा बोल्दै राष्ट्रिय हितको रक्षा,सुशासन र आर्थिक विकासका लागि एमालेको सरकार आवाश्यक रहेको बताउनुभयो । साथै उहाँले देशका लागि एमाले सरकार आवाश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न आव्हान गर्नु भयो ।

सभामा प्रदेश कमिटी सदस्यहरु टंक चौहान ,शन्देस बिहानी लगायत पार्टीका शिर्ष नेताहरुको उपस्थिती थियो । सोहि अवसरमा राष्ट्यि युवा संघका छथरजोरपाटी गाँउकमिटी अध्यक्ष चन्द्र सुब्बाले ६० सदस्य वुध संरक्षण समिति गठन गरेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।