पाख्रीबास नगरमा विपद ब्यवस्थापन लगायत एम्बुलेन्स सेवा संचालनमा समेत कठिनाई

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा अत्यावश्यक कार्य संचालनमा अवरोध आएको छ ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत केही समय अगाडि देखि घरायसी कामकाजको सिलसिलामा घरबिदामा रहेको र आर्थिक कारोबार बन्द रहेकोले विभिन्न कामहरुको भुक्तानी प्रकृया बन्द रहेकोले नगरको सेवाहरु प्रभावित भएका हुन् ।

जसमा नगरबाट प्रवाहित हुने सेवाहरु विपद व्यवस्थापन,डोजर संचालन र एम्बुलेन्स संचालन लगायतका कार्यहरु प्रभावित भएका हुन् ।

नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित र नपाको आधिकारिक फेसबुक पेजमा उपलब्ध सुचना अनुसार उक्त सेवाहरु अर्को व्यवस्था नभएसम्म संचालन गर्न कठिनाइ रहेकोले यसबाट सम्बन्धित सेवाग्राहीमा पर्न गएको असुविधा प्रति नपा परिवार क्षमाप्रार्थी रहेको व्यहोरा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।