छथरजोरपाटी गाउँपालिकामा युवा परिचालन उप-समिति गठन
धनकुटा । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गठबन्धन दलले धनकुटाको छथरजोरपाटी गाउँपालिकामा युवा परिचालन उप-समिति गठन गरेका छन् ।
गठबन्धन दलका उम्मेद्धारहरुलाई आगामी निर्वाचनमा विजयी गराउन १५२ सदस्यीय युवा परिचालन समिति गठन गरेको हो ।
युवा परिचालन उप-समितिको संयोजकमा सन्तोष श्रेष्ठ र सह-संयोजकमा जगत सिंजाली रहेको लोकतान्त्रिक वाम गठबन्धन युवा परिचालन समितिका संयोजकमा अमित ल्हो तामाङले जानकारी दिनुभयो ।
उप-समितिका सदस्यहरुमा टेक वहादुर कार्की,टोम प्रसाद लामिछाने,गोपाल भट्टराई,नविन भुजेल,उमेश मगर पासाङ फुर्वा शेर्पा लगायत रहेका छन् ।


