नेकपा एमाले महालक्ष्मी नगरपालिकाको वडा नं ३ र ४ मा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगरपालिकाको वडा नं ३ र ४ मा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो अभियानमा सहभागी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज एबम् प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष एबम प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार ईन्द्रमणी पराजुलीको टोलिले आम नागरिक मतदाता तथा कार्यकर्ता संग भेटघाट छलफल गर्दै विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाट तथा घरदैलोमा एमालेको सरकारको पालामा थुप्रै विकासका काम भएको स्मरण गराउर्दै फेरिपनि एमालेको सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

एमालेको सरकार हुँदा सुरुवात गरिएका विकासका कामहरूलाई पुर्णता दिनका लागी एमालेका उम्मेदवारले जित हासिल गर्नुपर्ने उम्मेदवारहरुको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, कृषि सिचाइ, खानेपानी, सडक यातायात, संचार, विधुत, खेलकुद लगायतका क्षेत्रमा यसअघि पनि आफूले महत्त्वपूर्ण कामको सुरुवात गरेको भन्दै अधुरा कामहरूलाई परिपूर्ति गर्न एमालेलाई जनताले मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जिल्लाका सहईन्चार्ज सकुन्तला बस्नेत , प्रदेश कमिटी सदस्य बल्दिप राई , शन्देस विहानि , केन्द्रीय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाई , नगरका निर्वाचन परिचालन कमिटी संयोजक पर्शुराम नेपाल ,नगर कमिटी अध्यक्ष किरन गिरि लगाएत एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖