निर्वाचन परिचालन समिति गठनको जिम्मेवारी क्षेत्रिय सभापति पौडेललाई
धनकुटा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ख क्षेत्रिय कार्य समिति धनकुटाको बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि लोकतान्त्रिक बाम गठबन्धन सम्वद्ध दलहरुलाई समेटेर निर्वाचन परिचालन समिति गठनको जिम्मेवारी निर्वाचन परिचालन मूल समितिका संयोजक एवम् निर्वाचन क्षेत्र नं २ का सभापती राजन पौडेललाई दिने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले सत्ता गठबन्धनमा सम्वद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी सहितका नेताहरुलाई समेटेर पालिका र वडाहरुमा निर्वाचन परिचालन उपसमिति गठन गर्ने निर्णय गरेको सचिव दिलराज घिसिङले जानकारी दिनुभयो ।
त्यस्तैगरि चुनावी अभियान अन्र्तगत निर्वाचन क्षेत्र नं २ को पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका,छथरजोरपाटी गाउँपालिका,शहिदभुमी गाउँपालिकाका विभिन्न वडा र धनकुटा नगर पालिकाको वडा नं २ मा कार्तिक २० देखी २९ गते सम्म उम्मेद्धारको उपस्थितीमा चुनावी कार्यक्रम गर्ने, ती कार्यक्रमका लागि क्षेत्रिय कार्य समिति,पालिका तथा वडा स्तरका निर्वाचन परिचालन समितिका संयोजक, सह-संयोजकहरुले स्थानिय पालिका र वडा समितिहरु सँग समन्वय गरेर प्रभावकारी एवम् उपलब्धि मूलक ढंगले अभियान सञ्चालन गर्ने लगायतको निर्णय गरिएको छ ।
बैठकले कार्तिक १७ गते नेपाली कांग्रेस छथर जोरपाटी गाउँपालिकाका सचिव पदम भट्टराई माथि भएको आ’क्रमणको घटना प्रति घोर भत्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।


