भुतपूर्व सैनिक संघ धनकुटाको निर्वाचनलाई लक्षित कार्यक्रम

धनकुटा । भुतपूर्व सैनिक संघ धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाको ७ वटै पालिकामा आफ्नो प्रतिनिधि खटाएको छ ।

भुपू सैनिक संघको शुक्रबार धनकुटामा सम्पन्न वृहत आम भेलाले जिल्लाको धनकुटा नगरपालिकामा ईन्द्रवहादुर ढुंगेलको संयोजकत्वमा,पाख्रीवास नगरपालिकामा श्यामप्रकाश राई,भक्त वहादुर गुरुङ र गोरख वहादुर पिठाकोटेको संयोजकत्वमा,महालक्ष्मी नगरपालिकामा वीरवहादुर थापा र कविन दाहालको संयोजकत्ववमा, सागुरीगढी गाउँपालिकामा भोगेन्द्र राईको संयोजकत्वमा,सहिदभुमी गाउँपालिकामा सुरेन्द्र राईको संयोजकत्वमा,चौविसे गाउँपालिकामा दलवहादुर मगरको संयोजकत्वमा र छथरजोरपाटी गाउँपालिकामा खीरवहादुर कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति खटाएको हो ।

भुपू सैनिक संघ धनकुटाका अध्यक्ष धन वहादुर खड्का भने जिल्लाको ७ वटै पालिकाको निर्वाचन कार्यक्रममा उपस्थिती जनाउने निर्णय समेत गरिएको भुपू सैनिक संघ धनकुटाले जनाएको छ ।

भेलामा भुपू सैनिक संघका प्रदेश सभापति केवलमान गुरुङ सहित संघका पदाधिकारीहरुको उपस्थिती थियो ।

गाउँ गाउँमा चुनावीसभा गर्दै राजनीतिक दलहरु
मान्म, १९ कात्तिक (रासस)ःआउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा(एमाले), एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा राजनीतिक दल चुनावीसभालाई तीव्रता दिएका हुन् ।

कालीकोटमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा(एमाले), वीपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । आफ्नो पक्षमा मत माग्न ती दलले गाउँ गाउँमा भेलालाई तीव्रता दिएका हुन् । अहिले जिल्लाभर पालिकास्तरको भेला चलिरहेको र टोलटोलमा पनि कार्यक्रम सञ्चालन भइरहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । “गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल जनता समाजवादीले संयुक्त निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी भेला गरिरहेका छन्” उहाँले भन्नुभयो, “मौन अवधि सुरु नहुँदासम्म हामीले चुनावी अभियानलाई तीव्रता दिने सोच बनाएका छौँ ।”

एमालेले अहिले पहिलो चरणको भेटघाट कार्यक्रम सकेर पालिका र टोलस्तरमा भेला गरिरहेको उक्त पार्टीका जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताउनुभयो । “हाम्रा उम्मेदवारले घरदैलो भेटघाटका साथै चुनावी अभियानका रुपमा भेला गरिरहेका छन् ।” उहाँले भन्नुभयो, “मतदातामा हामी पार्टीको एजेण्डासहित पुगिरहेका छौँ ।”

राप्रपा नेपालले पनि जिल्लामा अहिले चुनावी प्रचारप्रचार गर्दै आइरहेको उम्मेदवार धनबहादुर बुढाले बताउनुभयो । “हामीले जिल्लामा मतदाताका समस्या र गुनासो सुन्नाका साथै चुनाव लक्षित आमसभा गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “जिल्लाभर नै हाम्रा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।”

जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेबाट नगिन्द्र शाही, कांग्रेस वीपीबाट पार्टीका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा माओवादीका लेखा आयोगका पूर्वसदस्य काशीचन्द्र बराल, कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको उम्मेदवारी छ ।

त्यस्तै प्रदेशसभाका लागि १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही उम्मेदवार रहनुभएको छ । प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस वीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्रबाट लक्ष्मण बमले उम्मेदवार रहनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।