पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा बेलवारी एफसीका मैसम सुब्बा, अभिषेक गुरुङ, सुरज राई र निशान लिम्बूले गोल गरे भने विल्सन गिरीको प्रहार विपक्षी गोलरक्षक टेकेन्द्र थापाले बचाएका थिए । चारतारे लेटाङका लागि अशोक खवार र जय गुरुङले गोल गरेका थिए । सुशील राईको प्रहार बेलवारीका गोलरक्षक किशोर गिरीले बचाएका थिए भने अभिषेक लिम्बूको प्रहार बाहिरिएको थियो ।

प्रतियोगिताको विजयी टोली बेलवारी एफसीले नगद रु दुई लाख एकका तथा उपविजेता चारतारे लेटाङले नगद रु एक लाख एक हजार साथ मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ र ‘बेस्ट गोल किपर बेलबारी एफ सी’का गोलरक्षक किशोर गिरी घोषित भए । प्रतियोगितामा बेलवारीका राजकुमार राई ‘बेस्ट कोच’ घोषित हँुदै नगद रु पाँच हजार प्राप्त गरे । विवेक पौडेल ‘बेस्ट प्लेयर’ घोषित भई नगद सात हजार पाँच सय प्राप्त गरेका छन् । लेटाङका भुवन बस्नेत ‘बेस्ट फरवार्ड’ अभिषेक लिम्बू ‘वेस्ट डिफेन्डर’ जय गुरुङ ‘बेस्ट मिड फिल्डर’ घोषित भई जनही रु पाँच÷पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताको विजयी टोली र खेलाडीलाई नगरप्रमुख मोहन तुम्वापोले पुरस्कृत गर्नुभएको थियो । लामो समय नेपालमा रही तेस्रो मुलुक पुनः स्थानान्तरण भएका नेपाली भाषी भूटानी शरणार्थीहरूको सहयोगमा गत वर्षदेखि पिट्सवर्ग च्यालेन्ज कप सञ्चालन हँुदै आएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖