‘प्रदेश नं १ को पर्यटक र सम्भावना’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा गुरागाई प्रथम
धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माविमा आज ‘प्रदेश नं १ को पर्यटक र सम्भावना’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड, युएनडिपी र पर्यटन अनुसन्धान संस्थाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कक्ष ९ की नुना गुरागाई प्रथम,कक्षा ८ की कृती थापा द्धितीय,कक्षा ८ की स्वस्तीका गुरागाई तृतीय र कक्षा ७ की रिदीमा भुजेल सान्त्वना भएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कक्षा ७ देखि १० सममका १२ जना विद्यार्थी सहभागि भएका थिए । प्रतियोगिता विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको अध्यक्षता तथा वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यमा भएका थियो भने पर्यटन अनुसन्धान संस्थाका अध्यक्ष मदनकुमार वराल,कार्यक्रम संयोजक सरोज प्याकुरेल सहित वडाध्यक्ष र प्रधानाध्यपकले मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो । स्वागत मन्तव्य सहायक प्रधानाध्यापक दोर्णचार्य घिमिरेले राख्नुभएको थियो । त्यस्तै ११ सदस्यीय नेश्नल सस्टेनेवल टुरिजम क्वल पनि गठन गरिएको छ ।
क्लवको संयोजकमा प्रधानाध्यापक नरवहदुर विश्वकर्मा,संयोजक दोणृचार्य घिमिरे,क्याप्टेन नुना गुरागाई रहेका छन् । सदस्यहरुमा विजेश निरौला,विजय पुलामी,एञ्जिला दर्लामी,आयुष खत्री,अनमोल तामाङ,स्निता भुजेल,रिदिमा भुजेल र दीपा मगर रहेका छन् । क्लवले वर्षमा ४ देखी ६ वटा सम्म कार्यक्रम गर्ने जनाईएको छ ।


