धनकुटामा माओवादी र काङ्ग्रेसका २ सय बढी नेता,कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा । नेकपा एमाले धनकुटाको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला पार्टी कार्यलय धनकुटामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न पालिककाका माओवादी र काङ्ग्रेसका २ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाईएको छ ।

शहिदभुमि गाउँपालिका वडा नं ५ , पाख्रीबास नगरपालिका , चौबिसे गाउँपालिका , छथरजोरपाटी गाउँपालिकाका प्रवेश गरेका उनिहरुलाई एमाले जिल्ला ईन्चार्ज एवम् प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष प्रदेश निर्वाचन क्षेत्र नं ख का उम्मेदवार ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिव एवम् प्रदेश निर्वाचन क्षेत्र नं क का उम्मेदवार निरन राई , समानुपातिक उम्मेदवारहरु शिव आङ्ला , तारा तितुङ , पार्टीका प्रदेश कमिटी सदस्य लगायत नेताहरूले फुल माला अविरले स्वागत गरेका थिए ।

कार्यक्रम जिल्ला पार्टीका उपाध्यक्ष चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टी प्रवेशपछि उनिहरुले ती पार्टीले सन्तोषजनक काम गर्न नसकेको, देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको बताएका थिए ।

यो पनि…
आम्दानीको मुख्य स्रोत तरकारी खेती
दोधारा चाँदनी, २० कात्तिक (रासस):अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् ।

यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आउनुभएको छ । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताउनुभयो । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ”, विगत सम्झिँदै उहाँले भन्नुभयो, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पु¥याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई÷तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उहाँले बताउनुभयो । “हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो”, उहाँले भन्नुभयो, “यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।”

डेढ दशकदेखि तरकारी खेतीमा लाग्नुभएका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताउनुभयो । “मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ।” भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

त्यसैगरी तरकारी खेतीमा लाग्नुभएका मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताउनुभयो । “बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ”, उहाँले भन्नुभयो, “हामीले विषादीरहित तरकारी उत्पादन गर्छौँै, यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्”, उहाँले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उहाँको भनाइ छ ।

तरकारी खेतीमा लाग्नुभएका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउनुहुन्छ । “तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ ।” यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उहाँहरु बताउँछन् । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।