छथरजोरपाटीमा संचालित ४ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम आज सम्पन्न

धनकुटा,२१ कार्तिक । रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्जको आयोजना तथा छथरजोरपाटी गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको ४ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम आज सोमबार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुव्बाले अहिलेको २१ औं शताब्दिमा संचारमाध्यमको भूमिका विश्व परिवेशमा नै रहेकोले त्यसबारे जानकारी राख्नु र सिक्नु निकै महत्वपूर्ण बिषय भएको बताउँनु भयो । साथै उहाँले समाज रुपान्तरणको महत्वपूर्ण पक्ष पत्रकारिता रहेको बताउँदै तालिममा सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा समेत लागु गर्नु पर्ने बताउँनु भयो ।

पत्रकारिताले समाजलाई सत्य तथ्य बुझाउने काम गर्नु पर्ने र पत्रकारितामा पनि समय अनुसारको प्रविधीको अपडेट हुदै जानु पर्ने भएकोले तालिममा सहभागिहरुले त्यो अवसर पाएको बताउँनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले पत्रकारितामा पछिल्लो समय चुनौती संगै अवसर पनि रहेकोले तालिममा सहभागीहरुले अवसरलाई सदुपयोग गर्दै जानु पर्ने बताउँनु भयो ।

कार्यक्रमको सभापतित्व रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्जका उपाध्यक्ष विकास घिमिरेले गर्नु भएको थियो । शुक्रबारबाट सुरु भएको तालिममा संचारमाध्यममा उत्पादन गरिने कार्यक्रम, समाचार लेखन, वाचन , समाचार सम्पादन, रिपोटिङ्ग, टेलिभिजनकाका लागि छायाँकन, भिडियो सम्पादन लगायतका बिषयमा तालिम प्रदान गरिएको आयोजक संस्था रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।