धनकुटाको एक गाईफर्मका ३ वटा गाईको खुट्टा का’टियो
धनकुटा,२२ कार्तिक । धनकुटा नगरपालिका ६ मा रहेको टिकाराम कार्कीको गाइफर्ममा प्रवेश गरि अज्ञात समुहले गए राती ३ वटा लहिनो गाईको पछाडिको खुट्टा काटेको छ भने दुध बोक्न प्रयोग गरिने ट्याम्पो समेत तोडफोड गरेको छ ।
गए राती १२ बजे आसपासमा घटना घटेको कार्कीले जानकारी दिए । घटनामा कस्को केहि संलग्नता बारे आफुलाई केहि थाहा नभएको कार्कीको भनाई रहेको छ ।
कार्कीको गाई फर्ममा १२ वटा दुहुना गाई सहित २४ वटा होलिस्टेन जातका गाई रहेका छन् । कार्कीले २०७३ सालमा गाई फर्मम दर्ता गरि संचालन गर्दै आएको बताएका छन् ।
घटनामा १ जना भन्दा बढीको संलग्नता देखिएको त्यस अनुसार नै अनुसन्धान समेत अगाडी बढाइएको प्रहरीको भनाई रहेको छ ।-सांकेतिक तस्बीर


