धनकुटामा एमालेको चुनाव प्रचारप्रसार-मतदाता भेटघाट कार्यक्रम तीब्र,काङ्ग्रेस पार्टी परित्याग गरि १० भन्दा बढि एमाले प्रवेश
धनकुटा । नेकपा एमाले पाख्रीबास नगरपालिका वडा नं १ र २ सान्नेमा बृहत चुनाव प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
आसान्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई बहुमतले विजयी गराउन प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको वडा कमिटीले जनाएको छ ।
प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई र प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्द्रमणी पराजुलीको उपस्थितिमा चुनाव प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उम्मेदवार द्वयले कार्यक्रमलाई सम्बोधन गर्दै पाख्रीबास तल्लो सान्ने माङ्ममाया खोला सडक पिच गर्ने घोषणा गर्नु भएको छ ।देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य रहेको स्पष्ट पार्नुभयो । साथै पार्टीले अघि सारेको एक घर धारा कार्यक्रम निरन्तर अगाडि बढिरहेको जानकारी गराउदै अबको ५ वर्ष भित्र हरेक नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताएकाछन् ।
कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेत , प्रदेश कमिटी सदस्य , जिल्ला , नगर ,वडा कमिटीका शिर्ष नेताहरूको उपस्थिति रहेको थियोे ।
सोहि अवसरमा माथिल्लो सान्नेका नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १० भन्दा बढि एमाले प्रवेश गरेको २ नम्बर वडा कमिटीले जनाएको छ ।


