लोकतान्त्रिक बामगठवन्धन दलहरुको दोश्रो चुनावी कार्यक्रम आजबाट महालक्ष्मी नगरपालिकामा
धनकुटा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा सत्ता र प्रतिपक्षी राजनीतिक लदहरुले आ-आफ्नो चुनावी प्रचार प्रसार कार्यलाई तिव्रता दिईरहेका छन् ।
उम्मेद्धारहरु गाउँघर र टोलमा पुगी जनतालाई भेटेर आ-आफ्नो चुनावी योजनाहरु सुनाईरहेका छन् । यहिक्रममा आज सत्ता गठबनधनमा सम्वद्ध दलले धनकुटाको प्रदेश सभा (ख) अन्र्तगत महालक्ष्मी नगरपालिकामा दोश्रो चरणको चुनावी अभियान शूरु गरेको छ ।
अभियान अन्र्तग आज पहिलो दिन विहान लेगुवाको रामबजारमा चुनावी कार्यक्रम गरिएको नेपाली कांग्रेस प्रदेशसभा (ख) का क्षेत्रिय सभापति राजन पौडेलले बताउनुभयो ।
जिल्लामा गठबन्धनमा सम्वद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी दलको चुनावी कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यका प्रत्यक्ष उम्मेद्धार माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठ सहित अन्यदलका समानुपातिक उम्मेद्धारहरुले जिल्लाको विकासका लागि गठबन्धन दलका उम्मेद्धारलाई मत दिएर निर्वाचनमा विजयी गराउन अनुरोध गरेका छन् ।
महालक्ष्मी नगरपालिकामा कार्तिक २५ गते सम्म चुनावी अभियान सञ्चालन हुने गठबन्धनमा सम्वद्ध दलहरुले जनाएका छन् । यसअघि उनिहरुले पाख्रीवास नगरपालिकामा दोश्रो चरणको चुनावी कार्यक्रम २२ गते सम्पन्न गरिसकेका छन् ।


