नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

काठमाडौं, २३ कात्तिक । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले २०७८ सालको विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा वितरण गरेको हो ।

सो अवसरमा कुलपति राष्ट्रिय नव–प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा डा सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा लक्ष्मीकुमार पराजुली, डा नीरञ्जन कोइराला, डा प्रदीपकुमार पौड्याल, डा रक्षा डङ्गोल, डा अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा बबिता पौडेललाई प्रदान गरियो ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इञ्जिनीयरिङ विभाग, काठमाडौँ विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इञ्जिनीयरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रालि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा टेकप्रसाद गोतामे पुरस्कृत हुनुभएको छ ।

सो अवसरमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रा डा प्रेमनाथ मास्के, प्रा डा भद्रमान तुलाधर, डा सुशीला भट्टराई, डा केदार बुढाथोकी र बिमला मास्केलाई सम्मानित गरिएको थियो । पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताउनुभयो ।

उहाँले हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सातवटै प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सो अवसरमा उपकुलपति श्रेष्ठले बाली विज्ञान शव्दकोष सम्बन्धी पुस्तकको विमोचन पनि गर्नुभयो । कार्यक्रममा नाष्टका सचिव डा महेशकुमार अधिकारीले कोभिड महामारीका कारण अघिल्लो वर्षको पुरस्कार यसवर्ष वितरण गर्नुपरेको बताउनुभयो । नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्र र मुख्य प्राविधिक दीनबन्धु पराजुलीले वैज्ञानिक तथा प्राविधिकको योगदानको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कुलपति शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖