धनकुटामा तेस्रो लिङ्गी मतदाताको संख्या शून्य

धनकुटा,२६ कार्तिक । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १ लाख १६ हजार ९ सय ९१ मतदाता सहभागी हुने हुने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीमा नाम समावेश भएका १ लाख १६ हजार ९ सय ९१ जना मतदाताले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि मतदान गर्न पाउने भएका छन् ।

जस अन्र्तगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ३० हजार ५ सय ७१ पुरुष र ३० हजार ९ सय ४४ महिला गरी जम्मा ६१ हजार ५ सय १५ जना सहभागि हुने छन् त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा २७ हजार ९ सय ७५ पुरुष र २७ हजार ५ सय १ महिला गरि ५५ हजार ५ सय ७६ जना सहभागि हुने भएका हुन् ।

तेस्रो लिङ्गी मतदाताको संख्या भने धनकुटामा शून्य रहको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकृत जयराज श्रेष्ठले जानकारी दिनु भयो । धनकुटामा १ सय ६२ स्थायी र २ अस्थायी गरी १ सय ६४ मतदान स्थल रहेका छन्।

अस्थायी मतदान स्थलमा कैदीबन्दीका लागि जिल्ला कारागारमा र निर्वाचनमा नखटिने कर्मचारी, शिक्षक, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माविमा मतदान स्थल कायम गरिएको जनाईको छ ।

यो पनि…
निर्वाचन कर्मचारीका लागि तालिम सुरु
बागमती, २६ कात्तिक (रासस) :आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ ।

जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुईदिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ ।

जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन् । खटिने सात सय २८ र अरु थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्यरूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने उहाँले बताउनुभयो । मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ ।

तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लाका तीन सय ६४ वटा मतदान केन्द्रमध्ये १९ वटालाई अतिसंवेदनशील र ६० वटा केन्द्रलाई संवेदशील केन्द्रको रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।