धनकुटाको सहिदभूमि गाउँपालिकामा भोलिबाट ३ दिन सार्वजनिक बिदा

धनकुटा,२६ कार्तिक । धनकुटाको सहिदभूमि गाउँपालिकाले भोलिबाट ३ दिन सार्वजनिक बिदा हुने भएको छ । कार्तिक २७ , २८ र २९ गते गाउँपालिका भित्र स्थानिय विदा दिने भएको हो ।

यहि कार्तिक २२ गते बसेको कार्यपालिको बैठकको निर्णय अनुसार कार्तिक २७ र २८ गते यस क्षेत्रमा बसोबास गर्ने राई जातिको महान पर्व पापानी र २९ गते स्थानिय सहिद स्मृती दिवस परेकोले गाउँपालिका भित्रका सबै वडा कार्यलय , विद्यालय, संघ संस्था तथा गाउँपालिकामा रहेको सिटिजन्स बैंक इन्टनेश्नल लागायका संस्था बिदा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोचन प्रसाद दाहालद्वारा कार्तिक २३ गते जारी गरिएको सुचनामा जनाईएको छ ।

यो पनि पढ्नुहोस्…
व्यावसायिक फूलखेतीमा युवा आकर्षण
–रञ्जिता अधिकारी/देउखुरी, २६ कात्तिक (रासस): दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा रु १२ लाख आम्दानी गरेका छन् ।

कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायीक फूल खेती विस्तार गर्नुभएको हो । दाङमा १० कठ्ठा जमिन मासिक रु दुई हजार भाडा तिर्नेगरी फूल खेती सुरु गर्नुभएको हो ।

गत वर्ष पाँच कट्ठामा व्यावसायीक फूल खेती गर्नु भएका पङ्गेनीले यो वर्ष १० कट्ठामा फूल खेती गर्नुभएको छ । उहाँले यस बर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गर्नुभएको छ ।

भास्करसँगै व्यावसायमा जोडिनुभएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गर्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गर्नुभएको छ ।

घोराही–१५ भरतपुरमा फूलखेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गर्नुभएको छ । फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताउनुभयो । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् । टिकटक बनाउन आउनेलाई फोटो खिच्न माला बनाएर दिने गरेको भएर माला बनाउने काम पनि चलिरहेको छ ।

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उहाँँले बताउनुभयो । रु पाँचलाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।

नेपालमा सबैभन्दा धेरै फुल बिक्री आफूले गरेको भास्कर पङ्गेनीले दावीगर्नुभयो । “माला र फूलको अत्यधिक माग आयो आफै वजारमा लगेर बिक्री गर्यौ”, उहाँँले भन्नुभयो । अहिले फूल खेती गरिएको ठाउँमा टिकटक बनाउने स्थान सिङ्गारेर चिटिक्क बनाउनुभएको छ । “२५ हजार लगानी गरेर टिकटक स्थान बनाएको हो, उहाँले भन्नुभयो ।” विद्यार्थीलाई रु ५० प्रतिशत सहुलियतमा प्रवेश गर्न दिइएको छ भने अन्य नागरिकलाई रु एकसय लिने गरेको उहाँले बताउनुभयो ।

विवाहको कार, विवाह मन्डप सजाउने गरेको उहाँँले बताउनुभयो । कृषिमा लगानी गरियो भने घाटा हँुदैन नाफा नै हुने गरेको उहाँँको भनाइ छ ।

स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीऊ किनेर खेती सुरु गरेको उहाँको भनाइ छ । “फूलका विरुवा बिक्री गरेर बीऊको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो, उहाँले भन्नुभयो ।”

जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकता जिल्लाभित्रलाई दिएर फुल बिक्री गरेको उहाँँले बताउनुभयो ।

युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्य आम्दानी गर्नसकिने उहाँको भनाइ छ । बेरोजगार युवालाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राख्नु भएको छ । दाङको कृषि फर्म ३ नम्वरको रहेको छ ।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ ।

एक सय ८ युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापीरुपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्रान गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖