झुटा समाचार बनाएर गलत प्रचार गरेकोमा स्वकीय सचिव पराजुलीको आपत्ति

भोजपुर, २८ कात्तिक । हुँदै नभएको घटनामा आफ्नो नाम जोडेर मानमर्दन गरेको भन्दै प्रदेश नं. १ का मुख्यमन्त्रीका स्वकीय सचिव भद्र पराजुलीले गम्भीर आपत्ति प्रकट गरेका छन् । सामन्य विषयमा भएको कुराकानी र कसैले कसैलाई छुनेसम्मका कार्य नभएको अवस्थामा ‘पराजुलीले स्वतन्त्र उम्मेदवार कुटे’ भन्ने विषयमा उनले आपत्ति प्रकट गरेका हुन् । ‘स्वतन्त्र उम्मेदवारलाई मुख्यमन्त्रीका स्वकीय सचिवले कुटपिट गरे’ भन्ने शीर्षकमा आइतबार केही सञ्चारमाध्यममा समाचार आएका थिए ।

भोजपुर जिल्लाका प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडालाई पराजुलीले कुटपिट गरेको भन्ने बनाबटी समाचार विपक्षीहरू हारको मानसिकताको रुपमा आएको उनले आरोप लगाएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव पराजुली भोजपुर जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रचारमा संलग्न छन् । उक्त निर्वाचन क्षेत्रमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । खासगरी मुख्यमन्त्री राईको चुनावी प्रचारलाई प्रभावित पार्ने र बदनाम गर्नेगरी विपक्षीहरूले सुनियोजित रुपमा निष्कृट प्रकारको प्रचारबाजी थालेको पराजुलीको भनाइ छ । सामान्य विवादलाई कुटपिट भनेर लेखिएको समाचार झुटो रहेको पराजुलीले बताए ।

घटना विवरणअनुसार, कात्तिक २६ गते शनिबार भोजपुरको दिङ्लाबजारस्थित स्थानीय एवान होटलमा खाना खाने क्रममा स्वतन्त्र उम्मेदवार भनिएका दिलिपकुमार खतिवडासँग पराजुलीको भेट भएको थियो । उक्त होटलमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य बाबुराम बस्नेतसहित कांग्रेसकै उत्तम चापागाईं, आङबाबु शेर्पा खाजा खाँदै कुराकानी गरिरहेका थिए । केही समयपछि पराजुली पनि त्यहाँ पुगेका थिए । अर्को होटलमा रहेका पराजुली कांग्रेसका उत्तम चापागार्ईंले बोलाएपछि त्यहाँ पुगेका हुन् ।

होटलमा सबैले आफ्नो उमेर र नाताअनुसार हाई हेल्लो नमस्कार गरेको, राजनीति र चुनावका बारे छलफल गरेकोमात्रै आफूले देखेको होटल सञ्चालक दुर्गा तामाङले बताए । ‘मेरो होटलमा अलिक ठूलो स्वरमा कुराकानी भएकोसम्म देखेको, सुनेको हँु, तर यहाँ कसैले कसैलाई हात हाल्ने त परै जाओस् छुनेसम्म गरिएको छैन,’ होटल सञ्चालक तामाङले भने । त्यस्तै उक्त दिन भनिएको घटनाको एक प्रत्यक्षदर्शी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य बाबुराम बस्नेतले आफूले त्यहाँ सबैले सबैसँग आरामकुशलका कुरा गरेको उमेर र नाताअनुसार सम्मानजनक व्यवहार गरेकोेमात्र देखेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।