धनकुटामा ४ वटा ह’तियार बुझाइयो
धनकुटा,२८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन धनकुटाले धनकुटा जिल्ला भित्र विभिन्न व्यक्तिको नाममा रहेको इजाजत प्राप्त हा’तह’तियार बुझाउन जारी गरेको सुचनाको समयमा जम्मा ४ वटा ह’तियार मात्र सम्बन्धित व्यक्तिले बुझाएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
प्रशासनले असोज १४ गते ह’तियार बुझाउन सुचना प्रकाशित गरेको र जिल्ला भित्र वित्तिय संस्थाहरुले लिएको इजाजत बाहेक ६ वटा ह’तियार इजाजत प्राप्त रहेको भए पनि अहिले सम्म ४ वटा मात्र प्रहरीमा बुझाइएको जिल्ला प्रशासन कार्यलय धनकुटाको मु’द्धा तथा हा’तह’तियार शाखाले जनाएको छ ।
बुझाउन बाँकी रहेको २ वटा ह’तियार समेत खोजी गर्न प्रहरीलाई आदेश गरि सकिएको प्रशासनले जनाएको छ ।
यो पनि…
महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार
विराटनगर, २८ कात्तिक (रासस) :विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ ।
महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।
इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
छनोटमा परेको उत्कृष्ट लोगोलाई रु एक लाख नगदले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।


