विद्यार्थी मिन कुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय स्वयंसेवी समूह गठन

धनकुटा । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भिर गाउँमा ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ । विद्यालयमा आज भएको एक कार्यक्रमको वीच विद्यार्थी मिन कुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय स्वयंसेवी समूह गठन गरिएको हो ।

समूहको महिला उपाध्यक्षमा छात्रा सन्ध्या थापा, छात्र उपाध्यक्षमा विजय पुलामी, सचिवमा मेलिना विश्वकर्मा र कोषाध्यक्षमा प्रगति तामाङ रहेका छन् । अन्य सदस्यहरुमा सविन भुजेल, मनिका राना मगर,ईशान्त काफ्ले,अटल बस्नेत, लक्ष्मी राई,बिमला पिठाकोटे,सुजन बस्नेत,सुशन राई,कल्पना राई र भुपाल थापा रहेका छन् । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत गठित यो समूह कक्षा ९ देखी १२ सम्मका विद्यार्थीलाई समेटेर गठन गरिएको हो ।

समुहले लागू औसध दुर्वेसन विरुद्ध र विपद व्यवस्थापन सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गर्ने बताईएको छ । समूहबाट कार्यक्रम सञ्चालन गर्न गराउन विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्कर्माको संयोजकत्वमा कार्यक्रम कार्यन्वयन समिति पनि गठन गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रम कार्यन्वयन समितिको सदस्यहरुमा हिले प्रहरी चौकीका प्रमुख सन्तोष मगर, महिला जेण्डडर फोकल पर्सन लक्ष्मी गुरागाई,वाल क्लवबाट आयुष खत्री,जुनियर रेडक्रस सर्कलबाट सुमिन मगर,अभिभावक युवादेवी थापा,स्वास्थ्य विषय शिक्षक नारायण प्रसाद गुरागाई र सदस्य सचिव शिक्षक नायक अम्बरवहादुर घिमिरे रहेका छन् ।

यो पनि…
नेपाल युएईसँग पराजित
काठमाडौँ, २८ कात्तिक (रासस) :संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका साउदले ५१ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशङ्कर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएइका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोेडे । यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एक दिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यही कात्तिक ३० गते हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖