गोकुण्डेश्वर माध्यमिक विद्यालयको समुन्नति बालक्लबको १६ औं साधारण सभा सम्पन्न
धनकुटा,२९ कार्तिक । धनकुटा सदरमुकाममा रहेको सिरान बजारमा गोकुण्डेश्वर माध्यमिक विद्यालयको समुन्नति बालक्लबको १६ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले मुना कार्किको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती समेत चयन गरेको छ । समितीको महिला उपाध्यक्षमा सन्ध्या खत्री, उपाध्यक्षमा समुन बस्नेत, सचिवमा स्मृती राई सहसचिव प्रविण कटुवाल कोषध्यक्षमा चन्द्र प्रसाद आचार्य लाई चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा केशव बस्नेत, सुजल ढुंगाना, सुसन निरौला, तेजश्री पराजुली, गरिमा रायामाझी, सुमिना अधिकारी, रीजा दुवाडी, अविशा रायामाझी र अनिल मगर चयन हुनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी विद्यालयका प्रधानाध्यापक यज्ञप्रकास चापागाई, बिशिष्ट अतिथी विद्यालयका सहायक प्रधायानाध्यापक लक्ष्मीप्रसाद सापकोटा, सुचना अधिकारी गंगाराम ढुंगाना, आधारभूत तह ईन्चार्ज मछिन्द्रबहादुर राई लगायतले कार्यक्रमा शुभकामना व्यातm गर्नु भएको थियो ।
क्लबका संरक्षक शिक्षक यशोदा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक भतm खड्काले गर्नु भएको थियो ।



