मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन

काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो ।

आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ ।

“कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने ।” आयोगको निर्देशनमा भनिएको छ, “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।”(रासस)

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा
काठमाडौँ, २९ कात्तिक (रासस) :नेपालमा कूल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो ।

सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन (मिश्रित) फार्म चार सय ८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म दुई सय ६५ वटा रहेको देखाएको छ ।

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् एक हजार दुई सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् चार सय चार वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार आठ सय ७३ वटा गाई/गोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार सात सय ५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार तीन सय ८० (६३ प्रतिशत) र नौ हजार एक सय चार (३७ प्रतिशत) रहेको छ ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा कमअर्थात् दुई हजार दुई ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार चार सय ४७ (७१ प्रतिशत) रहेको छ ।
यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार आठ सय ४१ (६१ प्रतिशत) र छ हजार नौ सय ३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

सर्वेक्षणले नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार चार सय २१ वटा भेडा र ३८ हजार तीन सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार तीन सय ८० वटा दूध दिने गाई चार करोड ५८ लाख ३ हजार चार सय ५७ लिटर दूध उत्पादन भएको देखाएको छ ।

यसैगरी व्यावसायिक फार्म बाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।