जिल्ला प्रशासन कार्यालय धनकुटाबाट प्रदान हुने अत्यावश्यकीय बाहेकका सेवा भोली र पर्सि बन्द हुने

धनकुटा,३० कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकका सेवा मंसिर १ र २ गते बन्द गर्ने भएको छ ।

यहि मंसिर ४ गते हुने गइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनु पर्ने भएकोले निर्वाचन तयारी, शान्ति सुरक्षा, विपद् व्यावस्थापन र मुद्धा बाहेकका अन्य सेवा बन्द हुने प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

यो पनि…
रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए
–ज्ञानेन्द्र न्यौपाने/रसुवा, ३० कात्तिक (रासस) : जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं जिल्ला समन्वय समितिको परिसरमा एक÷एक वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन् ।

समानुपातितर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतिमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुञ्चे क्षेत्रमा रहने करिब ५० प्रतिशत राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो ।

यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ ।

तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै शान्तिपूर्ण र भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

मङ्सिर ४ गते समानुपातिका अस्थायी मतदाताबाहेक रसुवा जिल्लाको भू–भागमा स्थायी बसोबास गरेका कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ते जनाइएको छ ।

जिल्लाको दूरदराजको क्षेत्र लाङ्टाङ्गो मुण्डुमा रहने मतदानका लागि राष्ट्रसेवक कर्मचारी आज बिहान प्रस्थान गरेका छन् । दुई दिन्को पैदल दूरी पश्चात् पुग्न सकिने सो क्षेत्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री आवश्यक सुरक्षाका साथ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभित्रका ५२ वटै मतदानकेन्द्रमा १ गतेसम्म मतदानका लागि खटिएका सबै कर्मचारी एवं सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ ।

यस्तै निर्वाचनको सन्दर्भमा महिला सहभागिताको बारेमा अनुगमन गर्न महिला आयोगको एक टोलीले रसुवाको अध्यायन भ्रमण सम्पन्न गरेको छ । महिला आयोगका अध्यक्ष कमला पराजुली सहितको एक टोलीले रसुवा जिल्लाको राजनीतिमा महिलाको पहुँच, महिला हिंसाको अवस्था, राज्यबाट दिने सेवा सुविधा, शिक्षा स्वास्थ्य, जस्ता विषयमा अवलोकन गर्नुभएको थियो । विशेषगरी महिला आयोगका अध्यक्ष पराजुलीसहितको टोलीले हिमाली क्षेत्रका महिलाको स्वास्थ्य अवस्था र उपचारको पहुँचका बारेमा जिल्ला अस्पतालसँग परामर्शसमेत गरेको थियो ।

परामर्श छलफलमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ति भूर्तेल र महिला आयोगबीच अबका दिनदेखि महिलालाई गरिएको उपचार सेवा छुट्टै अभिलेख राख्ने र सामान्य उपचार, महिला हिंसा बलात्कार वा अन्य के कस्तो अवस्थाबाट कस्तो खाले उपचार गरियो अस्पतालले अभिलेख बनाई सुरक्षित राख्ने सहमति भएको जनाइएको छ ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।