धनकुटामा मानव अधिकारको बिषयमा आयोगद्धारा जानकारी

धनकुटा,३० कार्तिक । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न १ ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनकुटामा भइ रहेका गतिविधीहरुको बारेमा पत्रकार तथा सरोकारवालाहरु संग जानकारी लिएको ।

आयोगको टोलीले धनकुटामा निर्वाचनको समयमा राजनैतिकदलहरुले आचार संहिताको पालना गरे नगरेको, स्थानियतहका जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगायतले निर्वाचन आचारसंहिता पालना गरे नगरेको बिषयमा आज जानकारी लिएको हो ।

राजनैतिक दल तथा उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रशासरका क्रममा गरेका कार्य, मतदाताले मतदान स्थल सम्म पुगेर मतदान गर्न पाउनु पर्ने अधिकारको सम्मान, अत्यावश्यकिय सेवा दिने कर्मचारीहरु लाई निर्वाचनमा खटाए नखटाएको बिषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न १ का अधिकृत चिरञ्जीवि कोइराला तथा प्रमुख पवनकुमार भट्टले जानकारी लिनु भएको छ ।

सो अवसरमा धनकुटामा भई रहेका गतिविधीको बारेमा पत्रकार तथा सरोकारवालाहरुले टोली लाई जानकारी गराएका थियो ।

यो पनि…
रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए
–ज्ञानेन्द्र न्यौपाने/रसुवा, ३० कात्तिक (रासस) : जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं जिल्ला समन्वय समितिको परिसरमा एक÷एक वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन् ।

समानुपातितर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतिमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुञ्चे क्षेत्रमा रहने करिब ५० प्रतिशत राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो ।

यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ ।

तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै शान्तिपूर्ण र भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

मङ्सिर ४ गते समानुपातिका अस्थायी मतदाताबाहेक रसुवा जिल्लाको भू–भागमा स्थायी बसोबास गरेका कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ते जनाइएको छ ।

जिल्लाको दूरदराजको क्षेत्र लाङ्टाङ्गो मुण्डुमा रहने मतदानका लागि राष्ट्रसेवक कर्मचारी आज बिहान प्रस्थान गरेका छन् । दुई दिन्को पैदल दूरी पश्चात् पुग्न सकिने सो क्षेत्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री आवश्यक सुरक्षाका साथ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभित्रका ५२ वटै मतदानकेन्द्रमा १ गतेसम्म मतदानका लागि खटिएका सबै कर्मचारी एवं सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ ।

यस्तै निर्वाचनको सन्दर्भमा महिला सहभागिताको बारेमा अनुगमन गर्न महिला आयोगको एक टोलीले रसुवाको अध्यायन भ्रमण सम्पन्न गरेको छ । महिला आयोगका अध्यक्ष कमला पराजुली सहितको एक टोलीले रसुवा जिल्लाको राजनीतिमा महिलाको पहुँच, महिला हिंसाको अवस्था, राज्यबाट दिने सेवा सुविधा, शिक्षा स्वास्थ्य, जस्ता विषयमा अवलोकन गर्नुभएको थियो । विशेषगरी महिला आयोगका अध्यक्ष पराजुलीसहितको टोलीले हिमाली क्षेत्रका महिलाको स्वास्थ्य अवस्था र उपचारको पहुँचका बारेमा जिल्ला अस्पतालसँग परामर्शसमेत गरेको थियो ।

परामर्श छलफलमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ति भूर्तेल र महिला आयोगबीच अबका दिनदेखि महिलालाई गरिएको उपचार सेवा छुट्टै अभिलेख राख्ने र सामान्य उपचार, महिला हिंसा बलात्कार वा अन्य के कस्तो अवस्थाबाट कस्तो खाले उपचार गरियो अस्पतालले अभिलेख बनाई सुरक्षित राख्ने सहमति भएको जनाइएको छ ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।