धनकुटाबाट निर्वाचन आवश्यक सामग्री सहित कर्मचारी तथा सुरक्षाकर्मी मतदान स्थल प्रस्थान
धनकुटा,१ मंसिर । यही ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट मतदानस्थलमा आवश्यक सामग्री सहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान स्थल प्रस्थान गरेका छन् ।
बुधबार नै भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थल पुग्नु पर्ने प्रथान गरेको र आज बिहिबार सम्ममा अन्य स्थानमा खटिने कर्मचारीहरु समेत मतदान स्थल पुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा सुरक्षाकर्मी बाहेक करिब १ हजार ३ सय ४ जना कर्मचारी खटिने छन् धनकुटामा स्थाइ र अस्थाइ गरि जम्ममा १ सय ६४ वटा मतदान केन्द्र रहेका छन् ।




यो पनि…
अदुवा किन्न गाउँमै व्यापारी
मुसीकोट, १ मङ्सिर (रासस) :रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो ।
उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल अदुवा निकाल्नुभएको छ । उहाँले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताउनुभयो ।
“व्यापारीले रु तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन”, खड्काले भन्नुभयो । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् । गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा रु दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । पोखरीगाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिकरूपमा अदुवाखेती गरेका छन् ।
गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा सङ्कलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ ।
जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।


