मोरङमा सात हजार सुरक्षाकर्मी परिचालन हुने

विराटनगर, ३ मङ्सिर । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले जिल्लाभरिका मतदान केन्द्रहरुको सुरक्षा अवस्थाका बारेमा स्थलगत निरीक्षण एवं अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, नेपाली सेनाका प्रमुख अमृतथापा मगरसहितको टोलीले निरीक्षण एवं अवलोकन गरेको हो ।

टोलीले मोरङको उत्तरी सिमाना लेटाङ नगरपालिका, वराङ्गी बीचका मतदान केन्द्र, बेलबारी मतदान केन्द्र र मतगणनास्थलसहित विराटनगर महानगरपालिकाको सरौचियास्थितका शिक्षा सदन मावि, रानी क्षेत्रका मतदान केन्द्रहरुको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ दाहालले मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु अत्यन्त उत्साहका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जिल्ला शान्तिसुरक्षाको अवस्था सुदृढ एवं बलियो रहेको भन्दै मोरङको अतिसंवेदनशील ५० र संवेदनशील एक सय १४ सहित आठ सय ३९ मतदान केन्द्र रहेकामा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको बताउनुभयो ।

प्रजिअ दाहालले निर्वाचनका निम्ति सहज वातावरण सिर्जना भएकामा सबैलाई धन्यवाद दिनुभयो । प्रजिअ दाहालले मतदान केन्द्रको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने भएकाले मतदातालाई निर्भिकताका साथ मतदान गर्न आग्रह गर्नुभएको छ ।

मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जिल्लामा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी गरी सात हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो ।

निर्वाचन सम्पत्र भएपछि मतगणना निम्ति निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी नगरपालिका, निर्वाचन क्षेत्र नं २ का विश्वनाथ मन्दिर, निर्वाचन क्षेत्र नं ३ का लागि बेलबारी भगवती मावि तथा निर्वाचन क्षेत्र नं ४, ५ र ६ का लागि विराटनगर महानगरपालिकाअन्तर्गत आदर्श उच्च माविमा तय भएको सहायक प्रजिअ शरदकुमार पोखरेलले बताउनुभयो ।-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।